निम्न व्यक्तिहरूले प्रत्येक बसोबासको योग्यता अनुसार उचित कागजातहरू सहित आफ्नो क्षेत्रको सम्बन्धित अध्यागमन विदेशी कार्यालय (शाखा. घुम्ती कार्यालय) मा आफ्नो बसोबासको स्थानमाथि अधिकार क्षेत्र भएका अध्यागमन कार्यालयमा स्थायी निवास योग्यता (F-5) को लागि आवेदन गर्न सक्नुहुनेछ।
01योग्य पात्र
- 1दक्षिण कोरियाको 「नागरिक कानून」 ले तोके अनुसार वयस्क भइ *तारा चिन्ह1को 2 को 10. (D-7) भिसादारी बासिन्दा देखि 20. विशेष कृयाकलाप (E-7) भिसा भएको वा तारा चिन्ह 1को2 मध्ये 24. (F-2) भिसा अन्तर्गत 5 वर्ष भन्दा बढी कोरियामा बसोबास गर्दै आएको व्यक्ति
- 2कोरियन नागरिक अथवा स्थायी बासिन्दा भिसा (F-5) वालाको पति/पत्नी वा बालख छोराछोरी भएर कोरियामा 2वर्ष भन्दा बढी बास गर्दै आएको व्यक्ति वा आमा वा बुबा मध्ये एकको (F-5) स्थायी बासिन्दा भिसा भएको अवस्थामा कोरियामा जन्मिएको आधारमा कानूनको धारा 23 अन्तर्गत कोरियामा बास गर्न योग्य पात्रको निमित्त निवेदन पेश गरेर कानून तथा न्याय मन्त्रीबाट स्वीकृती प्राप्त गरेको व्यक्ति
- 3「विदेशी लगानीकर्ता प्रोत्साहन निती」 अन्तर्गत 500,000अमेरिकी डलर लगानी गरेका विदेशी लगानीकर्ता भइकन 5जना भन्दा बढी नागरिकलाई रोजगार दिएको व्यक्ति
- 4तारा चिन्ह1को2 मध्ये 26. कोरियन मुलका विदेशी नागरिकताधारी (F-4) भिसा भइकन कोरियामा 2वर्ष भन्दा बढी निरन्तर बास गर्दै आएर कानून तथा न्याय मन्त्रीबाट कोरियामा अझ बस्ने आवश्यकता भएको स्वीकृती प्राप्त गरेको व्यक्ति
- 5विदेशी नागरिकता भएको व्यक्ति जुन धारा 2 मा परिभाषित गरिएको छ, अध्यागमन नियन्त्रणसम्बन्धी कानूनको धारा 2 र विदेशमा कोरियालीहरूको कानुनी स्थिति, तर जसले राष्ट्रियता कानून अनुसार राष्ट्रियता प्राप्त गर्नका लागि आवश्यकताहरू पूरा गर्दछ (धारा 5, धारा 1-का आवश्यकताहरू बाहेक) समान कानूनको 2)।
- 6अग्रिम 「अध्यागमन कानून लागू गर्ने अध्यादेश」(राष्ट्रपति अध्यादेश धारा 17579 आंशिक परिमार्जन भएर 2002. 4. 18. मा सार्वजनिक घोषणा लागू हुनु भन्दा अघि) तारा चिन्ह 1 को 27धाराको आवासिय (F-2) भिसा (यस अवस्थासँग मेल खाने यो भन्दा पहिला दे्खि आवासिय भिसा भएको व्यक्तिलाई पनि समेट्ने) भएको व्यक्ति भइकन कानून तथा न्याय मन्त्रीबाट कोरियामा अझ धेरै बस्न आवश्यकता भएको स्वीकृती प्राप्त गरेको व्यक्ति
- 7तल उल्लेखित मध्ये कुनै एक अवस्था मेल खाएर कानून तथा न्याय मन्त्रीबाट स्वीकृती प्राप्त गरेको व्यक्ति
- 가.विदेशबाट कुनै एक विषयमा डाक्टर डिग्री हासिल गरेर कोरियामा स्थानीय बासिन्दाको भिसा (F-5) आवेदन दिएको बखत कोरियन कम्पनीमा रोजगार भएको व्यक्ति
- 나.कोरियन विश्वविध्यालयको पाठ्यक्रम पूरा गरेर डाक्टर डिग्री हासिल गरेको व्यक्ति
- 8कानून तथा न्याय मन्त्रीले तोकेको क्षेत्रमा डाक्टर डिग्री भन्दा माथिको उपाधि हासिल गरेको अथवा कानून तथा न्याय मन्त्रीले तोकेको उच्च प्रविधी विधामा दक्षता प्रमाणपत्र भएर कोरियामा 3 वर्ष भन्दा बढी बसी स्थाई बासिन्दाको (F-5) भिसा आवेदन दिएको बखत कोरियन कंपनीमा रोजगार भएर कानून तथा न्याय मन्त्रीले तोकेको आय रकम भन्दा बढी आय भएको व्यक्ती
- 9विज्ञान·व्यवस्थापन·शिक्षा·कला-संस्कृती·खेलकुद आदि विशेष क्षेत्रमा उल्लेखनिय क्षमता भएर कानून तथा न्याय मन्त्रीबाट मान्यता प्राप्त गरेको व्यक्ति
- 10कोरियामा विशेष योगदान दिने व्यक्तिको रुपमा कानून तथा न्याय मन्त्रीबाट मान्यता प्राप्त गरेको व्यक्ति
- 11कानून तथा न्याय मन्त्रीले तोकेको मापदण्ड भन्दा बढी पेन्सन विदेशबाट पाउने 60वर्ष नाघेको व्यक्ति
- 12परिशिष्ट 1-2 को 29। अस्थायी रोजगारी स्थिति (H-2) भएको श्रम गतिविधिमा संलग्न व्यक्तिको रूपमा र न्याय मन्त्रीले सेवा अवधि, रोजगारीको क्षेत्र, औद्योगिक क्षेत्रका विशेषताहरू, श्रमिक अभाव र रोजगारीका लागि राष्ट्रिय प्राथमिकता आदिलाई ध्यानमा राखेर मान्यता प्राप्त गरेको ।
- 13तारा चिन्ह 1को 2 मध्ये 24. आवाश (F-2) भिसा अन्तर्गत कोरियामा 3 वर्ष भन्दा बढी बस्दै आएर कानून तथा न्याय मन्त्रीबाट कोरियामा अझ बस्ने आवश्यकता भएको स्वीकृती प्राप्त गरेको व्यक्ति
- 14तारा चिन्ह 1को 2 मध्ये 24. आवाश (F-2) भिसा पाएपछि कोरियामा 5वर्ष भन्दा बढी लगानी गरेको र निरन्तर रुपमा लगानी गर्दै जाने व्यक्ति भएर कानून तथा न्याय मन्त्रीबाट कोरियामा अझ बस्ने आवश्यकता भएको स्वीकृती प्राप्त गरेको व्यक्ति, उसको पति/पत्नी र छोराछोरी (कानून तथा न्याय मन्त्रीद्वारा योग्य ठहरिएको छोराछोरीमा मात्र लागू )
- 15तारा चिन्ह 1को 2 मध्ये 11. औधोगिक लगानी (D-8) भिसा अन्तर्गत कोरियामा 3 वर्ष भन्दा बढी निरन्तर बस्दै गरेर लगानीकर्ताको रुपमा 300,000,000 KRW (तीस करोड वन) भन्दा बढी लगानी रकम जम्मा गरेर 2जना भन्दा नागरिकलाई रोजगार दिने जस्तो कानून तथा न्याय मन्त्रीले तोकेको माग पूरा गरेको व्यक्ती
- 165वर्ष भन्दा बढी लगानीकर्ताको योग्यता कायम गर्न सक्ने भनेर कानून तथा न्याय मन्त्रीले ठहर गरेर तोकेको रकम भन्दा बढी लगानी गर्ने योग्यता भएको कानून तथा न्याय मन्त्रीले तोकेको योग्यता भएको व्यक्ति
- 17तारा चिन्ह 1को 2 मध्ये 11. औध्योगिक लगानी भिसा (D-8) अन्तर्गत 「विदेशी लगानीकर्ता प्रोत्साहन निती」 को धारा25को उपधारा 1को बुंदा 4अनुसार अनुसन्धान-विकास-संरचना अन्तर्गत अत्यावश्यक दक्ष जनशक्तिको दर्जामा कोरियामा 3वर्ष भन्दा बढी लगातार बस्दै आएर कानून तथा न्याय मन्त्रीबाट मान्यता प्राप्त गरेको व्यक्ति
- 18तारा चिन्ह 1को 2 मध्ये 24. आवाश भिसा (F-2) अन्तर्गत 2 वर्ष भन्दा बढी कोरियामा बसोबास गर्दै आएको व्यक्ती
- तारा चिन्ह 1को 2 : अध्यागमन कानून लागू नीती
- 19कोरिया गणतन्त्रमा 2 वर्ष भन्दा बढी समय बसेको व्यक्ति 24 अनुरूपको निवास स्थितिको साथ। परिशिष्ट 1-2 को आवासीय (F-2) तालिका (k)
02स्थायी निवास योग्यताका लागि आवेदन गर्न आवश्यक कागजातहरू
न्याय मन्त्रालय नमस्ते कोरिया (www.hikorea.go.kr) - सूचना प्लाजा - निवास स्थिति द्वारा जानकारी पुस्तिका - निवास स्थिति द्वारा जानकारी पुस्तिका - स्थायी निवास आवश्यक पुष्टि (F-5)
बसोबास ठाँउ साबित गर्ने दस्तावेज
KRW 200,000 को रकम (विदेशी दर्ता कार्ड जारी गर्नको लागि KRW 30,000 को रकम समावेश छैन)
- हालै वैवाहिक सम्बन्धमा नभएका र कोरियाली जोडी भएका विदेशी कोरियाली (विदेशी कोरियाली नागरिकताको लागि योग्य)ले ☎1345 मा कल गर्नुपर्छ, किनकि पेश गर्नु पर्ने कागजातहरू र आवेदनका आवश्यकताहरु भिन्नै हुन्छन्।
03स्थाइ बासिन्दा भिसा रध्द (अध्यागमन कानून धारा 89को उपधारा 2)
स्थाइ बासिन्दाको भिसा प्राप्त गरेता पनि तल उल्लेखित अवस्था सृजना भएको खण्डमा पाएको भिसा रध्द हुन सक्छ।
- झुठो कागजात पेश गरेर वा अन्य अनियमित माद्यम मार्फत स्थाई बासिन्दाको भिसा प्राप्त गरेको खण्डमा
- 「कोरियन कानून」,「यौनहिंसाअपराध दण्ड जस्तो संवेदनशील कानून」 लगायत कानून तथा न्याय मन्त्रालयले निर्दिष्ट गरेको कानूनमा उल्लेख अपराध गरेर2वर्षभन्दा बढी जेलको सजाय वा थुनामा परेको ठहर भएमा
- 5वर्ष भित्र माथि उल्लेखित तथा अन्य कानून तोडेर आधिकारिक रुपमा जेल वा थुनाको दण्ड पाउदा अपराधको दण्ड अवधि जोड्दा 3 वर्ष भन्दा बढी भएको खण्डमा
- कोरियामा तोकेको रकम लगानी गर्ने बाचा गरी स्थाइ भिसा प्राप्त गरेको व्यक्ति वा राष्ट्पतिको विशेष आदेशमा स्थाइ भिसा प्राप्त गरेको व्यक्तिले आफ्नो बाचा तोडेमा वा उल्लंघन गरेको खण्डमा
- राष्ट्रिय सुरक्षा, कुटनितिक सम्बन्ध तथा राष्ट्रको अर्थतन्त्र आदि क्षेत्रमा कोरियाको हितमा हानी पुग्ने कृयाकलाप गरेको खण्डमा
स्थायी निवास योग्यता प्राप्त गर्दा उपयोगी कुरा
- मातृ देशको नागरिकता त्याग्नु पर्दैन
- स्थायी निवास योग्यता पाएको दिनदेखि 3 बर्ष पछि क्षेत्रीय चुनावमा भाग लिन सकिन्छ
- विदेश प्रस्थान गरेको 2 बर्ष भित्र प्रवेश गर्दा प्रवेश अनुमति लिनु पर्दैन
- त्यहाँ गतिविधि को दायरा वा रहन को अवधि को बारे मा कुनै प्रतिबन्ध छैन।
यो काम शर्त “KOGL (कोरिया ओपन सरकार लाइसेन्स) टाइप 4 : स्रोत संकेत + वाणिज्यिक उपयोग को निषेध + परिवर्तन को निषेध को अनुसार प्रयोग गर्न सकिन्छ”।