01बच्चा जन्माउने तयारी
गर्भवती हुने चाहना बोकेका पति-पत्नीलाई आवश्यक परीक्षण
- गर्भवती महिला तथा भ्रूणको स्वास्थ्यको लागि गर्भवती हुनु अघि स्वास्थ्य परीक्षण तथा खोप लगाउन आवश्यक छ।
गर्भवती हुने चाहना बोकेका पति-पत्नीलाई आवश्यक परीक्षण वर्गीकरण | आवश्यक परीक्षण | रोकथामकाका उपाय |
रुबेला | गर्भवती भएको सुरुवातको समयमा संक्रमण भएमा भ्रूणमा संक्रमण भइ बच्चाको शारीरिक अंगको संरचनामा प्रभावित पार्न सक्छ। | रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा रुबेला (MMR*) को खोप कम्तिमा एक पटक लगाउनु पर्छ। - खोप लगाएको 3 महिना पश्चात मात्र गर्भवती हुनु राम्रो
|
हेपाटाइटिस B | गर्भवती महिलालाई हेपाटाइटिस B संक्रमण भएमा बच्चा जन्मिएको समयमा बच्चालाई पनि संक्रमण हुने उच्च जोखिम हुन्छ। | - रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा हेपाटाइटिस B खोप (0, 1, 6 महिनाको अन्तरमा जम्मा तीन पटक) लगाउने
- शरीरमा हेपाटाइटिस B भाइरस भएका गर्भवती महिलाले गर्भाधान पश्चात बच्चा(शिशु) रोकथामका उपाय अपनाउन आबस्यक
- 2. शिशु स्वास्थ्यको हेरविचार → हेपाटाइटिस B पेरिनेटल इन्फेक्सन परोकथाम परियोजना हेर्नुहोला।
|
- दादुरा, मम्पस (हांडे) र रुबेलाको संयुक्त खोप
- विगतमा खोप लगाएको भएपनि रुबेलाको एन्टीबडी परीक्षणको नतिजा पोजेटिभ आएन भने 1पटक अझै खोप लगाउनु पर्छ भने, जम्मा 3 पटकभन्दा बढी लगाउनु हुंदैन।
जन्मजात जिका भाइरस संक्रमण (Congenital Zica Syndrome)
- गर्भवती महिलालाई जिका भाइरसको संक्रमण भएमा गर्भमा रहेको भ्रूण पनि संक्रमित भइ उक्त महिलाको संतानमा माइक्रोसेफेली अर्थात असामान्य रुपले सानो टाउको र अविकसित मष्तिष्कको समस्या निम्त्याउंदछ।
- दक्षिण पूर्वी एशिया जस्ता जिका भाइरसको संक्रमण हुने खतरा भएका देशहरुमा गएका व्यक्ति (महिला पुरुष सबै)ले यौन चाहना नियन्त्रण गर्ने वा कन्डोमको प्रयोग गरेर यौन सम्पर्क गर्नु पर्दछ र 6 महिना पछि मात्र गर्भवती हुनु राम्रो हुन्छ।
02गर्भवती महिलाहरूलाई सिफारिस गरिने जाँचहरू
स्वास्थ्य रेखदेखको लागि दुईजीउकी महिलाले गर्नु पर्ने सामान्य जाँचहरूलाई निम्न अनुसार सूचीकृत गरिएको छ । यी जाँचका अतिरिक्त, प्रसूति विशेषज्ञले दुईजीउकी महिला वा बच्चाको स्वास्थ्यमा आधारित भएर अतिरिक्त परीक्षणहरू गर्न लगाउन सक्छन्।
गर्भवती महिलाले अनिवार्य रूपले गर्नुपर्ने सामान्य परीक्षणहरू
गर्भवती महिलाले अनिवार्य रूपले गर्नुपर्ने सामान्य परीक्षणहरू रक्त परीक्षण | सामान्य रक्त परीक्षण | तपाईं गर्भवती हुनुहुन्छ भने, तपाईंले आफ्नो (गर्भवती महिलाको) स्वास्थ्यको मूल्याङ्कन गर्न तथा गर्भावस्था कायम गर्न तपाईंलाई कुनै समस्या छैन भन्ने कुरा पत्ता लगाउने रक्त परीक्षण (हेमोग्लोबिन, प्लेटलेट, रातो रक्त कोषिका इत्यादिको) परीक्षण गराउनु पर्छ। यसका अतिरिक्त तपाईंमा एड्स, रुबेला जस्ता जटिल रोगहरू छन् वा छैनन् भन्ने कुरा पत्ता लगाउँन जाँच गरिन्छ। |
रगतको प्रकारको परीक्षण | एबिओ रगत प्रकार तथा आरएच पक्ष पत्ता लगाउने परीक्षण । तपाईं नकारात्मक आरएच - भएकी गर्भवती महिला हुनुहुन्छ भने तपाईंलाई गर्भावस्थाको 28 हप्तामा आरएच इम्युन ग्लोबुकिनको सुई दिइन्छ। |
भिरङ्गी परीक्षण | घातक मृत्युको कारणको रूपमा रहेको तथा घातक संक्रमण निम्ताउने भिरङ्गी परीक्षणको जाँच। |
हेपाटाइटिस परीक्षण | हेपाटाइटिसको लागि परीक्षण । विशेषत, धेरै अवस्थामा गर्भावस्था दौरान हेपाटाइटिस अझै जटिल हुन्छ तथा यसले प्रसूति दौरान वा बच्चालाई खुवाउँदा नाल मार्फत भ्रूणमा संक्रमण गर्न सक्छ। |
मुत्र विश्लेषण | सुगर तथा प्रोटिनको परीक्षण गरेर गेष्टोसिस वा मधुमेह तथा मूत्र मार्ग संक्रमणको परीक्षण |
अल्ट्रासउन्ड परीक्षण | भ्रूणको वृद्धि, विकास, स्थान, आकारको जाँच तथा गर्भाशयमा हेरेर विकलाङ्गता पत्ता लगाउन गरिने परीक्षण |
03जन्मपूर्वको स्वास्थ्यका लागि ध्यान दिनुपर्ने कुराहरु
- स्वस्थ बच्चाको लागि स्वस्थ आमाको आवश्यकता पर्छ।
तपाईँ गर्भवती हुने योजना गर्दै हुनुहुन्छ भने आफू स्वस्थ छु भन्ने कुराको सुनिश्चित गर्नु होस् । बिरामी हुनुहुन्छ भने चिकित्सकलाई भेटेर उपचार गर्नुहोस्। - औषधि सेवन नगर्नुहोस्।
सम्भव भएसम्म तपाईंले गर्भावस्थामा औषधिको सेवन गर्नुहुँदैन। औषधिले भ्रूणमा गम्भीर असर गर्नसक्छ। गर्भावस्थाको प्रारम्भिक चरणमा भ्रूणको हात, खुट्टा, मुटु, केन्द्रीय स्नायु प्रणालीको विकास भइरहने हुनाले तपाईंले सो समयमा निकै नै सचेत हुनुपर्छ। मधुमेह तथा उच्चरक्त चापजस्ता दीर्घकालीनरोगहरू, संक्रमणका कारणले उच्चज्वरोको अवधि तथा उपचार नगरे गर्भवती महिला तथा बच्चालाई गम्भीर समस्या हुनसक्ने अन्य परिस्थितिहरूमा तपाईंले चिकित्सकको परामर्श लिएर उचित उपचार प्राप्त गर्नुपर्छ र यस्तो उपचारले औषधिको सेवनलाईसमेत समावेश गर्नसक्छ। - रक्सी तथा चुरोटको सेवन नगर्नुहोस्।
रक्सी शारीरिक विकृती निम्ताउने कडा वस्तु हो, त्यसैले यसले भ्रुण रक्सी सिन्ड्रोमको सृजना गर्न सक्छ। गर्भावस्थामा कहिले पनि रक्सी नपिउनुहोस्। चुरोटले भ्रुणको वृद्धिलाई रोक्छ, त्यसैले यसका कारणले कम तौल भएका बच्चाको जन्म हुन सक्छ । त्यसैले गर्भावस्था अगावै धूम्रपान छोड्नु राम्रो हुन्छ। - गर्भवती महिलाले पर्याप्त मात्रामा क्यालोरी, प्रोटिन, खनिज पदार्थ तथा भिटामिनको सेवन गर्नु पर्ने हुन्छ।
यद्यपि, नियमित रूपमा उचित खाना खाने महिलाहरूले भने अतिरिक्त पूरक पोषणको सेवन गरिरहनु पर्दैन । पोषण सम्बन्धी समस्या नभएका महिलाहरूले गर्भावस्थाको प्रथम 4 महिनामा 1 किलो तथा बाँकी 6 महिनामा 2 किलो गरेर सम्पूर्ण गर्भावस्थामा झण्डै 13 किलो तौल बढाउँछन्। अर्कोतिर, महिलाहरूले गर्भावस्थाको 5 औं महिनादेखि आइरनको सेवन गर्नु पनि गर्नुपर्ने हुन्छ। खाली पेटमा आइरनको सेवन गर्नाले सोस्ने क्षमतालाई सहज बनाउँछ। बच्चा जन्माउने उमेरका महिलाहरूले क्यानालिसन्युरालिसको कमीबाट बच्न फोलीक एसिडको निश्चित मात्रा सेवन गर्नुपर्छ। - सामान्य अवस्थाभन्दा गर्भावस्थामा आन्द्राहरू कम चलायमान हुने भएकाल यो बेला दिसा कडा हुन्छ तथा आन्द्राहरूलाई विस्तारित कोखले थिच्ने भएकाले गर्भवती महिलालाई कब्जियतले सताउन सक्छ। यो बेला निम्न क्रियाकलापहरू गरेर कब्जियतबाट बच्न सकिन्छ; ताजा फलफूल तथा सागसब्जीको सेवन गरेर दिसाको मात्र बढाएर, पर्याप्त पानी पिएर तथा नियमित व्यायाम गरेर।
- कठिन क्रियाकलापहरू नगर्नुहोस्।
गर्भवती महिलाको व्यायामलाई निषेध गर्न आवश्यक हुँदैन। सामान्य दैनिक जीवन कायम गरेर हल्का नियमित व्यायाम गर्नु आवश्यक हुन्छ। यद्यपि, तपाईंले नयाँ व्यायाम शुरु गर्ने वा हालको व्यायामलाई अझै कठिन बनाउने काम गर्नु हुन्न। तपाईंले धेरै भारी श्रम गर्ने तथा उच्च स्थानमा चढ्ने काम पनि गर्नु हुँदैन। - गर्भावस्थाको अन्तिम 4 हप्तासम्म यौनक्रिडालाई निषेध गरिरहनु पर्दैन । गर्भ तुहुने वा समय अगावै जन्म हुने सम्भावना छ भने यौन क्रिडा नगर्दा राम्रो हुन्छ अथवा गर्नै परे पनि कन्डमको प्रयोग गर्नु उचित हुन्छ।
- इन्फ्लुएन्जा विरुद्धको खोप चाहि गर्भावस्थाको अवधिसग मतलब नगरी लगाउन सिफारिस गरिन्छ।
गर्भवती महिलाललाई इन्फ्लुएन्जा लागेको खण्डमा, निमोनिया जस्ता अरु रोग पनि लाग्ने खतरा सामान्य व्यक्ति भन्दा उच्च हुन्छ त्यसैले निवारणको आबस्यक हुने हुदा खोप लगाउन सिफारिस गरिन्छ। - गर्भवती महिलाले यात्राको दौरान लामो समयसम्म बस्नु परेको अवस्थामा उनले नशाको रक्त सञ्चारलाई सहज गर्न अनिवार्य रूपले कम्तीमा घण्टाको एक पटक आफ्नो शरीरको तल्लो भागलाई चलायमान गर्नुपर्छ।
- गर्भावस्थाको दौरान भेनाकाभा वा पेल्भिसको नशा थिचिने भएकाले शरीरको तल्लो भागमा प्रायजसो इडेमा (ठेला) आउँछन्। आफ्नो गोडालाई उठाएर राख्दा यो समस्यालाई राहत दिन्छ। यद्यपि, गर्भावस्था रक्तचापमा पनि इडेमा हुन्छ, त्यसैले गर्भावस्थाको दोस्रो भागमा इडेमा आएमा आफ्नो रक्तचाप जाँच्नु पर्छ।
- गर्भावस्थाको दौरान योनीस्राव बढ्छ।
यसो बढेको महिला हार्मोनको प्रभावले गर्भासय सेर्भिक्सको ग्रन्थिमा र्यालको उत्पादन बढ्ने भएकाले भएको हो। यो रोग होइन। - नियमित चिकित्सकीय जाँच गर्नुहोस्।
आफ्नो चिकित्सकको सल्लाह बमोजिम नियमित चिकित्सकीय जाँच गर्नुहोस्। तपाईंले गर्भावस्थाको दौरान चिकित्सकीय संस्थाहरूबाट प्रसुतिपूर्वको रेखदेख प्राप्त गर्नुपर्छ। यसो गरेर तपाईं आफू र आफ्नो बच्चालाई असर गर्न सक्ने खतरनाक तत्वहरू पत्ता लगाउन तथा तिनबाट बच्न सक्नुहुन्छ।
उपयोगी जानकारी
प्रसुतिपूर्वको कोरियाली रेखदेख
कोरियालीहरूले लामो समयदेखि गर्भावस्थाको बेला आमाले देखाउने व्यवहार तथा मानसिकताले बच्चालाई मानसिक, भावनात्मक तथा शारीरिक रूपले असर गर्छ भन्ने कुरामा विश्वास गरेका छन्। प्रसुतिपूर्वको रेखदेखको यो पद्धतिलाई ताइ-ग्यो भनिन्छ। परम्परागत रूपमा भन्नुपर्दा, दुई जीउकी महिलाले स्वस्थ बच्चा जन्माउनका लागि आफूले गर्ने सबै क्रियाकलापमा सावधानी अपनाउने, नराम्रो बिचारबाट टाढा बस्ने तथा शान्त भएर बात मार्ने तथा काम गर्ने गर्नुपर्छ। के खाने तथा कसरी सोच्ने तथा काम गर्ने भन्ने बारेमा धेरै सीमाहरू छन्। दुईजीउकी आप्रवासी महिलाको दृष्टिकोणबाट हेर्दा श्रीमानको परिवारबाट प्राप्त हुने प्रसुतिपूर्वको रेखदेख सम्बन्धी सल्लाह गोपनीयता उल्लघंन जस्तो लाग्न सक्छ तथा निकै तनावपूर्ण पनि हुन सक्छ। यद्यपि, यो तनाव सांस्कृतिक पृथक्ताको कारणले आएको हुन सक्छ, त्यसैले एकअर्कासँग गफ गरेर पारस्परिक बुझाई निर्माण गर्नु उपयोगी हुन्छ। श्रीमानले पनि बच्चा जन्मनु अघि आफृनो सक्रियता देखाई गर्वमा रहेको बच्चा सजिलै जन्मनको लागि सहायता गर्नु राम्रो मानिन्छ।
04सार्वजनिक स्वास्थ्य केन्द्रहरूमा मातृत्व सेवाहरू
गर्भवती महिलाहरूले (विवाह आप्रवासीहरू सहित) सार्वजनिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन्।
विशेष गरी, उच्च जोखिममा रहेका गर्भवती महिलाहरूलाई कुनै पनि सार्वजनिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य सेवा केन्द्रहरूमा अनिवार्य हेरचाह चाहिन्छ।
- उच्च जोखिममा दोजिया आमाहरू
अस्वभाविक रूपमा जवान तथा वृद्ध (20 वर्षभन्दा कम उमेरकी वा 35 वर्षभन्दा बढी उमेरकी), समय नपुग्दै सुत्केरी व्यथा लाग्ने, सुत्केरी हुँदा बढी रगत बग्ने वा सघन योनी रसमा अवरोध हुने अथवा समय पुग्नुअगाडि नै पहिला नै वा जन्मजात कुनै समस्यायुक्त कुनै बच्चाको जन्म गराएकी गर्भवती स्त्रीका लागि विशेष हेरचार आवश्यक हुन्छ।
(1)जन्मपूर्व परीक्षा
गर्भवती महिलाहरूले सार्वजनिक स्वास्थ्य केन्द्रमा निम्न परीक्षणहरू गर्न सक्छन्; गर्भावस्थाको प्रारम्भिक निदान, पिसाब जाँच (मधुमेह, प्रोटिन), रक्त परीक्षण (हेमोग्लोबिन, रातो रक्त कोषिका, सेतो रक्त कोषिका, भिरङ्गीको सेरोलोजिक परीक्षण, हेपाटाइटिस, रगतको प्रकार)। तपाईं कुनै सार्वजनिक स्वास्थ्य केन्द्रमा दर्ता गरेर मात्रै प्रसुतिपूर्वको परीक्षणहरू गर्ने सहयोग प्राप्त गर्न सक्नुहुन्छ (विभिन्न स्वास्थ्य केन्द्रमा हुने परीक्षणहरू फरक फरक हुन सक्छन्)।
(2) परसूति तयारी कक्षा तथा शिक्षा
- स्तनपान, गर्भवती महिलाको व्यायाम, प्रसूति तयारी, बच्चाको मालिस तथा अन्य विषहरूसँग सम्बन्धित कक्षाहरू उपलब्ध छन्।
- गर्भावस्था, प्रसुतिपूर्वको शिक्षा तथा प्रसव सम्बन्धी पुस्तक, सिडी तथा भिडियोहरू भाडामा दिने क्षेत्रहरू पनि छन्।
- स्थानीय स्वायत्त निकायले स्वतन्त्र रूपले शैक्षिक कार्यक्रमहरू प्रदान गर्ने भएकाले यस्ता कार्यक्रमका सामाग्रीहरू फरक फरक हुन्छन्।
(3)खाद्य बस्तुको सुबिधा
गर्भावस्थाको 16 हप्ताहरू भन्दा बढीमा सार्वजनिक स्वास्थ्य केन्द्रहरूमा दर्ता भएका गर्भवती महिलाहरूले 5 महिनासम्म आइरन सप्लिमेन्टहरू प्राप्त गर्न पाउनेछन्।
(4)फोलिक एसिडको समर्थन :
जनस्वास्थ्य केन्द्रमा दर्ता भएका गर्भवती महिला वा गर्भावस्थाको तयारी गरिरहेका महिलाहरूले गर्भावस्था अघि र पछि 3 महिनासम्म फोलिक एसिडको सप्लिमेन्ट प्राप्त गर्न पाउनेछन्।
(5)उच्च जोखिममा रहेका गर्भवती महिलाहरुको उपचार शुल्क
19 वटा उच्च जोखिमयुक्त गर्भवती रोग लागेर उपचारको लागि अस्पतालमा भर्ना हुनु परेका गर्भवती महिलाहरुको लागि राष्ट्रिय स्वास्थ्य बीमाले नसमेट्ने उपचार खर्चको रुपमा तीन मिलियन कोरियन वनसम्मको सहयोग प्रदान गरिन्छ।
- मद्दतको लागि योग्य: गर्भवती महिलाहरू गर्भावस्थामा 19 प्रमुख उच्च-जोखिम रोगहरू मध्ये एकको निदान गरियो* र इनपेन्टेन्ट उपचार प्राप्त गर्दै।
- समय पुग्नु अघि नै प्रसव व्यथा लाग्ने, प्रसूति सम्बन्धि रक्तश्राव भएमा, प्रिक्लेम्पसिया भएमा, एम्नियोटिक थैलिको झिल्लिमा क्षति पुगेमा, पाठेघरबाट प्लासेन्टा छुट्टिने, बच्चाको सालनाल झरेर गर्भाशयको घाटी ढाक्ने, गर्भपात हुने, गर्भाशयमा अत्याधिक मात्रामा पानी, गर्भाशयमा न्युन मात्रामा पानी, गर्भाशयको घाटीको क्षेत्र कमजोर हुने, प्रसुती अघि रक्तश्राव
- सहयोग बिषय : उच्च जोखियुक्त गर्भवती भर्ना भएको बिरामीले ब्योहर्ने खर्च मध्ये सम्पुर्ण आफूले ब्योहर्ने रकम र तिर्नु नपर्ने उपचार खर्च(अस्पताल भर्ना शुल्क र बिरामीहरूको लागि विशेष खाना बाहेक) रकमको 90%(3 मिलियन वनसम्म प्रदान गर्न सकिने)
- आवेदन प्रक्रिया: जनस्वास्थ्य केन्द्रको सार्वजनिक स्वास्थ्य पोर्टल वा गर्भवती महिलाको दर्ता ठेगानाको अधिकार क्षेत्रको ई-स्वास्थ्य केन्द्र मार्फत अनलाइन आवेदन पेश गर्नुहोस्, वा सुत्केरी भएको मितिले छ महिना भित्र आइमाजुङ आवेदन (जन्मपूर्व/सुत्केरी)। आवश्यक कागजातहरू तयार।
- आवश्यक कागजातहरू: आवेदन फारमको 1 प्रति, चिकित्सा प्रमाणपत्रको 1 प्रति (रोगको नाम र रोग कोड सहित), भर्ना/डिस्चार्जको पुष्टिकरण, चिकित्सा खर्चको रसिद, चिकित्सा खर्चको विस्तृत विवरणको प्रति, निवासी दर्ताको 1 प्रति, अनुदान निक्षेप खाताको 1 प्रति (सहायता प्राप्त गर्ने व्यक्तिको नाम), आवेदकको वैध पहिचान कागजात, आदि।
(6)पोषण प्लस कार्यक्रम
पर्याप्त पौष्टिकतत्वको अभावको कारण जोखिममा परेका गर्भवती महिला तथा शिशुका अभिभावकको निमित्त पौष्टिकता कक्षा र परामर्श सञ्चालन गरी परिपुरक खानाको प्याकेज प्रदान गरी पौष्टिकता सुधार गरी आफैले आफ्नो खाना खाने तरिका, व्यवस्थापन र सुधार गराउने हेतुले स्वास्थ्य तथा कल्याणकेन्द्रले सञ्चालन गरेको कार्यक्रम हो।
पोषण प्लस कार्यक्रम प्रकार | सहायता सूचना |
योग्य व्यक्तिहरू | - व्यक्तिहरू :
- शिशु (जन्म भएको 6 वर्ष मुनिदेखि 72 महिनासम्म), गर्भवती महिला, जन्मपछि बच्चालाई पोषण दिइरहेका महिलाहरू
- आवासीय जिल्लाहरूको मापदण्ड :
- तपाईंको ठेगाना क्षेत्राधिकार भएको सार्वजनिक स्वास्थ्य केन्द्र
- बहुसांस्कृतिक परिवारको सन्दर्भमा, पति-पत्नी मध्ये कम्तिमा 1जना कोरियन नागरिक हुनुपर्ने
- आयको स्तर :
- घर परिवारको आकारअनुसार न्यूनतम खर्चको 80% कम
- कुपोषण तत्वहरू :
- रक्तअल्पता, कम तौल, कम वृद्धि तथा न्यून पोषण सेवन मध्ये एक
|
सहायता सूचना | - पूरक पोषण खाद्य प्याकेजहरू प्रदान गर्दै
: चामल, आलु, अण्डा, गाजर, दूध, कालो गेडागुडी, समुद्री शैवाल, सिभिड, क्यान्ड चिकन ब्रेस्ट, ट्याङ्गेरिन आदिलाई जीवनचक्रका विशेषताहरू अनुसार ६ फूड प्याकेजमा विभाजन गरी उपयुक्त खाना निःशुल्क(होम डेलिभरी) महिनामा 1 वा 2 पटक) उपलब्ध गराइन्छ । विवरण: पोषण शिक्षा तथा परामर्श - व्यक्तिको कुपोषण तत्वलाई बिचार गरेर समान्तर रूपमा व्यक्तिगत परामर्श, सामूहिक शिक्षा तथा गृह भ्रमण शिक्षा (घरमै गएर दिइने) र अन्लाइन शिक्षा पनि प्रदान गरिन्छ।
- कम्तीमा महिनाको एक पटक सञ्चालन गर्ने
|
आवेदन दिने तरीका | - स्वागत गर्ने ठाउँ :
- आफ्नो निवास क्षेत्रको सार्वजनिक स्वास्थ्य केन्द्रमा जानुहोस् वा अनलाइन आवेदन दिनुहोस् (सब्सिडी 24)। (यदि तपाईंको वास्तविक निवास तपाईंको निवासी रेकर्डमा देखा पर्ने कुरा भन्दा फरक छ, वा हजुरआमा वा अन्य महत्त्वपूर्ण व्यक्तिले अनुरोध गरेमा, व्यक्तिगत रूपमा आवेदन आवश्यक छ।)
आवश्यक कागजातहरू - परिवारका सदस्य संख्या प्रमाणित गर्ने कागजातहरू : बासिन्दा दर्ता तथा पारिवारिक सम्बन्धको प्रमाणपत्रको प्रतिलिपि
- आय स्तर प्रमाणित गर्ने कागजातहरू : स्वास्थ्य बीमा प्रिमियम भुक्तानीको बिल, स्वास्थ्य बीमा कार्ड, आधारभूत जिआइ समर्थन वा (लागू हुने भए) अर्ध-गरीब समर्थनको योग्यता प्रमाणित गर्ने कागजातहरू
- अन्य कागजातहरू : गर्भावस्था वा प्रसूति प्रमाणित गर्ने कागजातहरू : मातृत्व पुस्तिका, चिकित्सकीय प्रमाणपत्र तथा राय (प्रसूति अगाडिको) वा जन्म प्रमाणपत्र (प्रसूति पछाडिको)
|
ओनजिन-गुन (इन्चेअन) तथा उल्लेउङ्डो (ग्यो-ङ्यास्याङ्बक-डो) बाहेकका राष्ट्व्यापी सार्वजनिक स्वास्थ्य केन्द्रहरूमा सञ्चालित हुने यो कार्यक्रममा तपाईं आफ्नो ठेगाना कार्यक्षेत्र भएको सार्वजनिक स्वास्थ्य केन्द्रमा व्यक्तिगत रूपले भ्रमण गरेर वा टेलिफोन गरेर दिशाबोध प्राप्त गर्न सक्नुहुन्छ।
(7)गर्भवती महिलालाई इन्फ्लुएन्जाबिरुद्दरास्ट्रिय निवारण खोप कारिक्रम
- योग्यता:गर्भवती(गर्भको हप्ता सग कुनै सम्बन्ध नभई खोप लगाउन सम्भब)
- गर्भवती पुस्टि गर्ने कागजात (प्रसूति पुस्तिका आदि )देखाएका मात्र
- .सेवाको विवरण : इन्फ्लुएन्जा बिरुद्द खोप एकचोटि
- खोप लगाउने संस्था : देशभरिका सार्बजनिक स्वास्थ्य केन्द्र तथा तोकिएका अस्पताल
- आफ्नो ठेगाना सग कुनै सम्बन्ध नभई सार्बजनिक स्वास्थ्य केन्द्र तथा तोकिएका अस्पतालबाट खोप लगाउन सम्भब, तोकिएको अस्पताल चाही इन्टरनेट खोप सहायक (https://nip.cdc.go.kr) → हाम्रो बच्चाको खोप ब्यबस्थापन → अस्पताल खोज्नेबाट हेर्न सम्भब (मोबाईल वेबबाट पनि हेर्न सकिन्छ)
05जन्म दिने
गर्भवती महिलाहरूले प्रसूति एवं स्त्रीरोग चिकित्सकको कार्यलय वा अस्पतालमा जन्म दिन सक्छन्। सार्वजनिक रेखदेख केन्द्रमा रेखदेख प्राप्त गरिरहेका महिलाहरूले पनि प्रसूति एवं स्त्रीरोग चिकित्सक अस्पतालमा जन्म दिनुपर्छ। तै पनि “डरमर्दो परिस्थिति”बाट बच्न अनिवार्य रूपले प्रसवपूर्व तयारी गरिनुपर्छ। दुई सबैभन्दा सामान्य उपायहरूमा प्राकृतिक प्रसूति तथा सि-खण्ड पर्छन्।
(1)प्राकृतिक प्रसूति
- योनीको माध्यमबाट बिना कुनै औषधि वा मेशिन प्राकृतिक रूपले जन्म दिनुलाई प्राकृतिक प्रसूति भनिन्छ। जन्मलाई सजिलो पार्नबाहिरी भागलाई काट्न सकिन्छ।
- लामो समयसम्म बच्चा नजन्मिएमा जन्मलाई प्रेरित गर्ने प्रेरक दिइन्छ। प्रथम बच्चा जन्माउँदा प्रसवले लगभग 10 घण्टा लिन सक्छ तर त्यस पछिका बच्चाहरूको हकमा भने यो समय सामान्यतया 5 घण्टासम्म हुन्छ।
- प्राकृतिक तरीकाले जन्म दिने काम पिडादायी हुन्छ तर बच्चालाई जन्म दिने बित्तिकै पिडा तुरुन्तै हराउँछ। त्यसैले यसलाई सबैभन्दा उत्तम उपायको रूपमा लिइन्छ। त्यस्तै अस्पताल बस्नुपर्ने समय पनि कम हुन्छ, सामान्यतया 2-3 दिन, त्यसैले यो सबैभन्दा मितव्ययी तरीका पनि हो।
(2)सिजेरियन खण्ड (सि-खण्ड)
- प्राकृतिक प्रसूति विकल्प नरहेको अवस्थामा अनिवार्य रूपले सि-खण्ड गरिनु पर्छ। यो पद्धति बढी उमेरमा आमाले जन्म दिँदा, साँघुरो कोख वा बच्चाहरू उल्टा रहेको अवस्था जस्ता खतरनाक परिस्थितिहरूमा प्रयोग गरिन्छ।
- सि-खण्ड एक प्रकारको शल्यक्रिया हो र यसले जटिलताहरू निम्ताउन सक्छ। यसैले सि-खण्ड पूर्ण रूपले आवश्यक नभएको अवस्थामा प्राकृतिक प्रसूति विधि नै अपनाउनु राम्रो हुन्छ।
- सि-खण्ड गर्दा झण्डै एक हप्तासम्म अस्पतालमा बस्नुपर्ने हुन्छ तथा यो प्राकृतिक प्रसुतिभन्दा खर्चिलो पनि हुन्छ।
तपाईंले Danuri Helpline (☎1577-1366), बहुसांस्कृति परिवारहरूको नजिकैको समर्थन केन्द्र, सार्वजनिक स्वास्थ्य केन्द्र जस्ता सहयोग प्रदान गर्ने संगठनहरूलाई सम्पर्क गर्नुभयो भने तपाईंलाई दोभाषे तथा अनुवाद सेवामा पहुँच हुन सक्छ।
06पहिलो भेट-अप कुपनको समर्थन
नवजात शिशुहरूका लागि, पहिलो भेट-अप कुपनको KRW 2 मिलियन शिशु-आधारित बाल हेरचाहबाट लाग्ने आर्थिक बोझ कम गर्न प्रदान गरिन्छ।
- योग्यता :
- जनवरी 1, 2022 पछि जन्मेका र सामान्यतया आफ्नो जन्म दर्ता गरेर निवासी दर्ता नम्बर भएका बच्चाहरू;
- कोरियाली नागरिकता छ * (बहु राष्ट्रियता भएका र शरणार्थी स्थिति भएका व्यक्तिहरू सहित** शरणार्थी ऐन अनुसार);
- यदि नवजात शिशुहरूसँग कोरियाली राष्ट्रियता छ भने आमाबाबु दुवै विदेशी नागरिकहरू आवश्यकताहरू पूरा गर्न मानिन्छ।
- बहिष्कृत यदि तिनीहरू शरणार्थी स्थितिको मान्यताको लागि आवेदनको समीक्षा अन्तर्गत छन् भने
- विदेशमा जन्मेका बच्चाहरूको हकमा, कोरियामा उनीहरूको बसाइको स्थिति जाँच गरेपछि निवासी दर्ता नम्बर जारी गरिन्छ।(2020 मा निवासी दर्ता कार्यालय पुस्तिका)।
- कोरिया गणतन्त्रमा बसोबास गर्ने विदेशीहरूको उपचारसम्बन्धी ऐन अनुसार 'विशेष रूपमा नामित योगदानकर्ताहरू';
- जन्म दर्ता गर्नु अघि सामाजिक कल्याण कम्प्युटर व्यवस्थापन नम्बर प्राप्त गर्ने शिशुहरू र यदि तिनीहरू बाल कल्याण ऐनको दफा 52 (1) 1 अनुसार वा सोही ऐनको धारा 52 (1) 4 अनुसार साम्प्रदायिक आवासमा सुरक्षात्मक उपाय अन्तर्गत बालबालिकाको पालनपोषण सुविधामा छन् भने।
- सहयोग रकम :
- सिटिजन ह्याप्पिनेस कार्ड (पोइन्ट) जारी गर्दछ प्रति नवजात शिशुको सैद्धान्तिक रूपमा KRW 2 मिलियनको मूल्य, तर केही अपरिहार्य अवस्थामा अपवाद (नगद) बनाउनुहोस्;
- आवेदन विधि :
- (वाक-इन) प्रशासनिक कल्याण केन्द्रहरू Eup, मियोन, वा डोंग, (अनलाइन) Government 24, Bokjiro Homepage;
- प्रभावकारी अवधि :
- बच्चाको जन्म मिति देखि एक वर्ष (बासिन्दा दर्ता मिति) ;
- जारी गरिएका अंकहरू जुन अवधि भित्र खर्च नगरिएका छन् वैध मितिको अन्त्यमा स्वतः समाप्त हुनेछन् र अर्को अवधिमा लाग्दैन;
- (जस्तै) अप्रिल 27, 2022 मा जन्मेको बच्चाको हकमा, एउटा भाउचर अप्रिल 26, 2023 सम्म प्रयोग गर्न सकिन्छ र 00:00 अप्रिल 2023 मा स्वतः समाप्त हुनेछ।
- Didim Seed Bankbook मार्फत नगद प्राप्त गर्ने पालनपोषण गृहका बालबालिकाहरू बाहेक;
- भुक्तानी सुरु हुने मिति अप्रिल 1, 2022 देखि भएको हुनाले, अपवादको रूपमा, जनवरी र मार्च 2022 बीचको जन्मका लागि, यो अप्रिल 1, 2022 देखि मार्च 31, 2023 सम्म प्रयोग गर्न सकिन्छ।
- प्रयोगको दायरा :
- शुल्क रहित स्टोर र जुवा र मनोरन्जन उद्योगहरू बाहेक सबै व्यवसायहरूमा (अनलाइन खरिदहरू सहित) प्रयोग गर्न सकिन्छ*
- माथिका व्यवसायहरू बाहेक विभिन्न स्थानहरूमा प्रयोग गर्न सकिन्छ किनकि भाउचरले भर्खरै जन्मेका बच्चाहरू भएका परिवारहरूको आर्थिक बोझ कम गर्ने हो
- (निकासी गरिएका व्यवसायहरू) मनोरञ्जन व्यवसायहरू (सामान्य पबहरू, नृत्य र पेय हलहरू, ड्राफ्ट बियर जोइन्टहरू, अन्य रक्सी पसलहरू), जुवा खेल्ने व्यवसायहरू (क्यासिनो, चिठ्ठा, खेल कोठा), सेनेटरी सुविधाहरू (मसाज पार्लर, फेसियल मसाज, सौना), मनोरञ्जन व्यवसायहरू ( भिडियो कोठा, गायन कोठा, आदि), अन्य (वयस्क उत्पादन, उपहार प्रमाणपत्र), शुल्क मुक्त स्टोर, इलेक्ट्रोनिक उपहार कार्ड, आदि
- कोरिया मानक उद्योग संहिताको तीन वर्गीकरण अनुसार, सार्वजनिक एजेन्सी क्लिन कार्डहरूको प्रयोग अनुरूप