दानुरी कल सेन्टर
1577-1366
पारिवारिक परामर्श कल
1577-4206
한국생활안내 정보더하기 사이트로 이동

खाद्य

  • Home
  • कोरियालीसंस्कृतिरजीवन
  • खाद्य

खाद्य

01कोरियालीले सामान्यतया खाने खाद्य

कोरियालीहरूले परिवार र साथीहरुसँग खाना साझा गर्न मन पराउँछन्। यसरी साझा गर्ने र खुशीसाथ खाना खानेलाई स्पष्ट पार्नको लागि पाहुनाहरूलाई राम्रो खाना तयार गर्न बानी कोरियाली संस्कृतिमा छ। सामान्यतया, कोरियाली खानामा भात, सूप र सहायक पकवानहरू हुन्छन्। सूपका झैं विभिन्न ताता बफाएका परिकार, साथै तरकारी, बफाएका खाद्य पदार्थ, राम्ररी उमालेका खाद्य पदार्थ, भुटेको मासु, चलाएर भुटेको खाद्य पदार्थ र दिउरेमा भुटेको खाद्य जस्ता सहायक खाद्यहरू पनि प्रसिद्झ छन्। एउटा मुख्य सहायक पकवान किम्ची(kimchi) हो। भातको बदलामा मान्छेहरूले कहिलेकाहीं ताता वा चिसा नूडल्स, गहुँका फ्लेकको सूप र भातका केक खाने गर्छन्। बिस्तारै काम गर्ने दम्पतिको संख्या बढ्दै गएको छ साथै परिवारको स्वरूप परिबर्तन भए अनुसार 1जनाको लागि खाना, छिटोछरितो खाना, डेलिभरी खाना आदि पनि बढिरहेको छ।

उपयोगी जानकारी
कोरियाली खाद्यसँग परिचित हुनु

तपाईंले आफ्नो कोरियाली मित्रसँग खाना खाएमा कोरियाली खानासँग सजिलै परिचित हुन सक्नुहुन्छ। कोरियाली खाना प्रयोग गरिरहनु नै चाँडै कोरियामा अनुकूलित हुनुको सबै भन्दा राम्रो तरिका हो। तपाईंले कोरियाली खानामा रुचि राख्न थालेपछि, कोरियामा तपाईंको जीवन बढी रमाइलो हुनेछ।

पिउने पानी

तपाईंलाई कोरियामा पिउने पानीको चिन्ता गर्ने आवश्यकता पर्दैन। नलको पानी एकदमै खान लायक हुन्छ। तैपनि, अधिकांश कोरियालीहरूले चिसै पिउने एक प्रकारको चिया बनाउन पानी शुद्ध गर्ने कल, वा उमालेका पानीको प्रयोग गर्दछन्। कलको पानि त्यसै पिए पनि ठुलो खराबी त छैन तर उमालेर पिउने या फिल्टर गरेर पिउने मानिस धेरै छन्। तपाईंले पहिलो पल्ट नलको पानी खानु भयो भने, यसमा अलि अनौठो स्वाद पाउन सक्नु हुन्छ, र नराम्रो स्थितिमा पेट दुख्न सक्छ। यस्तो लक्षण धेरै दिनसम्म विद्यमान रह्यो भने, तपाईंले डाक्टरमा जानु पर्नेछ। रेस्टुरेन्ट र खाजाका बारहरूमा पानी निःशुल्क प्रदान गरिन्छ। पानीको बोतल पनि सजिलैसँग कुनै पनि पसलमा किन्न सकिन्छ।

02कोरियाली खाद्य

(1)बाप (भात)

कोरियाली भात दक्षिण एशियाली भातभन्दा चिप्लो हुन्छ। पहिलोपल्ट खाँदा पचाउन गाह्रो हुन सक्छ र तपाईंलाई पेट दुख्न सक्छ। सामान्यतया कोरियाली भातमा बानी पर्नको लागि एक हप्ता लाग्न सक्छ।

  • 밥बाप (भात)
    < बाप (भात) >
उपयोगी जानकारी
बिबिम्बाप (Bibimbap)

यो बफ्याएको चामलमा विभिन्न तरकारी, बीफ, मसला, तिलको तेल, रातो मरिचको पेस्ट आदि मिसाएर तयार गरेको कोरियाको एउटा प्रमुख खाद्य हो। विशेष गरी, एउटा क्षेत्रीय प्रतिनिधि खानाको रूपमा 'जेयनजु बिबिम्बाप' धेरै प्रसिद्ध छ। यसलाई संसारका प्रसिद्ध सेलिब्रेटीहरूले पनि मन पराउँछन्।

  • बिबिम्बाप (Bibimbap)
    < बिबिम्बाप (Bibimbap) >

(2)गुक (Guk) (हल्का सुप), ताङ् (मासु वा माछासँगको सुप), जिगे(Jjigae) (बफाएको परिकार) र जेओङ्गोल(Jeongol) (चावडर)

यी चार प्रकारका खानाहरूलाई पानीमा तरकारी र मासु वा माछा उमालेर पकाउनु पर्दछ। तिनीहरूका सामाग्री र बनाउने तरीकाका अनुसार अलग अलग नाम छन् : ऊ गुक, ऊ ताङ्ग, ऊ जिगे वा ऊ जेओङ्गोल।

  • बुकेओकुक(Bukeokuk) : सुकेका पोलेकको सूप। यो हेङ्गओभरको प्रसिद्ध उपचार हो।
  • कोङ्नामुल्गुक(Kongnamulguk) : सिमीका टुसाको सूप।
  • मियोक्गुक(Miyeokguk) : खैरो-सिविडको सूप।
  • सेओल्लेओङ्टाङ(Seolleongtang) : बीफको चानासँग बीफको स्वादिष्ट सुप।
  • गाल्बिताङ(Galbitang) : बीफ करङहरु लामै उमालेर तयार पारिएको सुप। त्यसलाई स्वादिष्ट बनाउन नून र सोयाको सस मिलाइन्छ। स्वादको अनुसार यसमा नूडल्स मिलाइन्छ।
  • गाम्जाताङ(Gamjatang): सुँगुरका हड्डी, आलु र अन्य तरकारीसँग बफाएको।
  • डाक्बोकेउम्टाङ(Dakbokeumtang) : तरकारी र मसालादार सस मिलाएर मिलाएर बफाएको चिकन।
  • गिम्चिज्जिगे(Gimchijjigae) : पोर्कसँग बफाएको गिम्चि।
  • दोयेन्जाङ्ज्जिगे(Doenjangjjigae) : टोफु, जुचिनि, च्याउ र प्याज मिलाएर बफाएको देओन्जाङ्।
  • बुदेज्जिगे(Budaejjigae) : गिम्चि, हाम र मिश्रित तरकारीसँग बफाएको।
  • दोङ्तेज्जिगे(Dongtaejjigae) (Saengtaejjigae) : मुला, टोफु र जुचिनीसँग मिसाएर बफाएको।
  • नाक्जिजेओङ्गोल(Nakjijeongol) : स-साना काटेका अष्टपादका चाना, मिश्रित तरकारी, च्याउ र सूपसँगको अक्टोपस होटपट।
  • दुबुजेओङ्गोल(Dubujeongol) : टोफु, प्याज, गाजर, चमसुर, बीफ र सूपसँगको टोफु होटपट।
  • मियोक्गुक
    < मियोक्गुक >
  • गाल्बिताङ
    < गाल्बिताङ >
  • दोङ्तेज्जिगे
    < दोङ्तेज्जिगे >
  • किम्चिजिगे
    < किम्चिजिगे >

(3)किम्चि (Kimchi)

किम्चि(Kimchi) प्रत्येक कोरियाली खानाको सबैभन्दा महत्त्वपूर्ण खानेकुरा हो र यसमा स्वाद, पोषण र भण्डारण क्षमताको सन्तुलित तत्व पाइन्छ। मुला, बन्दागोभी, काँक्रा आदि तरकारीमा नुन हालेर अचार बनाउनुहोस, र मरिच, लसुन, हरियो प्याज, अदुवा, नुनिलो माछा जस्ता मसलाहरू मिलाएर त्यसमा पूरक सामाग्री थप्नुहोस्। त्यसपछि, त्यसलाई बन्द गर्नुहोस्, तताउनुहोस् र खानुअघि केही अवधिको लागि विशेष तापमान बनाएर राख्नुहोस्। हिंउँदमा, बन्दाकोबी फलाउन सकिंदैन, त्यसैले कोरियालीहरूले केही समयका लागि खान नोभेम्बरको अन्तदेखि डिसेम्बरको शुरूआतसम्म विभिन्न प्रकारका किम्चि बनाउँछन्। यस समयलाई गिम्जाङ ('Gimjang') भनिन्छ। गिम्जाङको समयमा आफन्तहरू भेला भएर एक साथ धेरै मात्रामा किम्चि बनाउँछन्।

  • किम्चि (Kimtchi)
    < किम्चि (Kimtchi) >

(4)मासुसँगबनाइने व्यञ्जन

  • बुल्गोगि(Bulgogi) : मसाला हालेको र कप्टेरामा उनेर पोलेको बीफ। मीठो र स्वादिष्ट।
  • गाल्बि(Galbi) : पोर्क वा बीफका करङ्को सेकुवा।
  • साम्ग्योप्साल(Samgyeopsal) : पोलेको पोर्क। पालक सहित विभिन्न तरकारीमा बेह्रेर खाइन्छ।
  • दाक्गाल्बि(Dakgalbi) : तरकारीसँग चलाएर भुटेको चिकन। पीरो र मसालेदार।
  • जेयुक्बोकिउन(Jeyukbokeum) : तरकारीसँग चलाउँदै भुटेको पोर्क।
  • बुल्गोगि
    < बुल्गोगि >
  • गाल्बि
    < गाल्बि >

(5)माछासँगको व्यञ्जन

  • सेङ्सेओन्हो(Saengseonhoe) (काटेको काँचो माछा) : सिरका, फर्मेन्टेड भटमासको पेस्ट, सोयाको सस, सहिजन आदिसँग रातो मरिचको पेस्टमा चोबेर खाने काँचो माछाका चाना
  • सेङसिओन-गु-इ(Saengseon-gu-i) (सेकुवा माछा) : नुन वा मसाला हालेको सेकुवा माछा
  • सेङ्सेओन्ज्जिम(Saengseonjjim) (बफाएको वा उमालेको माछा) : उमालेको वा बफाएको मसालादार माछा
  • सेसोओन्जोरिम(Saeseonjorim) (धेरैबेर उमालेको माछा) : सोया ससमा धेरै बेर उमालेको माछा र तरकारी
  • ओजिन्हेओबोकेउम्(Ojinheobokeum) (चलाएर भुटेको शम्बुक) : तरकारीहरूसँग चलाएर भुटेको शम्बुक। पीरो र मसालादार।
  • सेङ्सेओन्हो
    < सेङ्सेओन्हो >
  • सेङसिओन-गु-इ
    < सेङसिओन-गु-इ >

(6)नाश्ता

  • लाम्यिओन(रामेन) : कोरियामा सबैभन्दा प्रचलित नाश्ता। तपाईंले मात्रै पानी हालेर उमालेर केही मिनेटमा यो तयार पार्न सक्नुहुन्छ। यिनीहरू मसलादार र साधारण दुवै प्रकारका हुन्छन्न्। कप लाम्पिओन कागतको ड़ब्बामा पाइन्छ जसमा तपाईंले तातो पानी हालेर यसको आनन्द उठाउन सक्नुहुन्छ।
  • गिम्बाप(भातको रोल) : बफाएको चामल, छम(पोर्क), पेनकेक अन्डा, गाजर, काँक्रो आदि सुकेका सिन्कामा उनेर राख्नुहोस र खानको लागि तिनीहरूलाई रोल बनाउनुहोस्। यो खानाको समाधान गर्ने एउटा सजिलो र सस्तो खाद्य हो।
  • गुक्सु(चाउचाउ) : नूडल सूप वा सस-मिश्रित नूडल सूपका नूडल खाना
  • माण्डू(डम्प्लिङ) : तरकारी, टोफु र सामान्यतया पोर्क भरेको डम्प्लिङ। मालमान्डु रसमा बनाएको हुन्छ र तुइगिम्मान्डु(Tuigimmandu) तेलमा पोलेका पकौडा हो।
  • देउक्बोग्गी(Ddeokboggi) : बार चामलका केक, पीठाका केक आदिलाई उचित लमाइमा काटेर टुक्रा बनाउनुहोस् र माछा केक र विभिन्न तरकारीसँग तिनीहरूलाई मिसाएर मसालाहरूसँग पकाउनुहोस्।
  • सुन्डे(Sundae) (ससेज) : चिनियाँ नूडल्स र सुँगुरका आन्द्रामा गाईको जमेको रगत भरेर बनाइको ससेज
  • राम्यनम्यि
    < राम्यनम्यि >
  • गिम्बाप
    < गिम्बाप >
  • गुक्सु
    < गुक्सु >
  • माण्डू
    < माण्डू >
  • देउक्बोग्गी
    < देउक्बोग्गी >
  • सुन्डे
    < सुन्डे >

(7)मौसमी फल

कोरिया यस्तो एउटा देश हो जहाँ 4 अलग मौसम छन्; वसन्त, ग्रीष्म, शरद र शिशिर ऋतु। त्यसैले, प्रत्येक मौसममा स्वादिष्ट फलहरू धेरै मात्रा पाइन्छ्न्। तर, आजभोली भिनिल ग्रीनहाउसभित्र फलहरू फलाउने हुनाले तपाईंले वास्तविक मौसम नपर्खिकन सबै चार मौसममा फल्ने सबै फलको स्वाद लिन सक्नु हुन्छ। तैपनि, मौसमी फल सबैभन्दा स्वादिष्ट हुन्छन्। तपाईंले आफ्नो मातृभूमिको स्थानीय फलको स्वाद लिन चाहनुहुन्छ भने, तपाईंले विभागीय स्टोरमा वा डिस्काउन्टमा किन्न सक्नु हुनेछ।

  • वसन्त : चेरी, स्ट्रबेरी(मई-प्रारम्भ-जून प्रारम्भ) आदि
  • ग्रीष्म : पूर्वीय खरबुजा(जून-जुलाई), आरु(जुलाई-अगस्ट), तरबुजा(जून- अगस्ट), आलुबखडा, आदि
  • शरद : हलुवाबेत(सेप्टेम्बर-अक्टोबर), नासपाती, स्याउ, बैर, कटुस, अङ्गुर(सेप्टेम्बर), आदि
  • शिशिर : अफ्रिकी सुन्तला, सुन्तला, आदि
  • स्ट्रबेरी
    < स्ट्रबेरी >
  • स्याउ
    < स्याउ >
  • अफ्रिकी सुन्तला
    < अफ्रिकी सुन्तला >

03मरमसला

  • मनियल(लसुन) : यो सामान्यतया पीरो हुन्छ, तर पोलेपछि पीरो कम र गुलियो हुन्छ। परिकारको माथि छर्किने सामाग्रीको रूपमा प्रयोग गर्न यसलाई मसिने गरी काटेर यसलाई सबै मसलाको रूपमा प्रयोग गर्नुहोस्।
  • गन्जाङ्(सोया सस) : काला, तरल र नूनिला मसलाहरूलाई स्वाद अनुसार खानामा प्रयोग गरिन्छ। यो भटमासका डल्लामा नुनिलो पानीमा मिलाई किण्वीकरण गरेर तयार गरिन्छ। यो परम्परागत र भट्टीमा हालेको सोया ससमा वर्गीकृत छ। परम्परागत सोया सस सूप र तरकारी स्वादिष्ट बनाउन प्रयोग गरिन्छ भने अर्कोतर्फ भट्टीमा हालेको सोया सस काँचो माछा आदि चोभ्ने ससको रूपमा प्रयोग गरिन्छ।
  • गोचुजाङ(लाल मरिचको पेस्ट) : यो लाल मरिचको पाउडर, फर्मेन्टेड भटमास र नुन मिलाएर बनाइएको मसालादार तीखो पेस्ट हो। यसमा फर्मेन्टेड भटमासको नरम स्वाद, रातो मरिच पाउडरको तीखो स्वाद र नुनको नूनिलो स्वाद सन्तुलित गरिएको स्वाद झैं स्वादिष्ट हुन्छ।
  • दोएनजाङ्(सिमीको पेस्ट) : यो सिमी र नुन मिलाएर तयार पारिन्छ र यो कोरियाको एउटा देशी सस हो। यो सामान्यतया सूप बनाउन प्रयोग गरिन्छ।
  • सेओल्ताङ्(चीनी) : यो सेतो, पहेंलो वा खैरो रङ्गको गुलियो पाउडर हो।
  • सोया सस
    < सोया सस >
  • लाल मरिचको पेस्ट
    < लाल मरिचको पेस्ट >
  • सिमीको पेस्ट
    < सिमीको पेस्ट >
  • सिक्चो(सिरका) : यो पहेंलो र अमिलो रस हो। यसको बोतल खाना पकाउने तेलको झैं देखिन्छ। कवरमा स्याउ या चामलको चित्र जाँच गर्नुहोस्।
  • सोजियम(साल्ट) : यो नूनिलो स्वाद भएको सेतो पाउडर हो। चिनी र नुन दुबै एकै किसिमको हुनाले नुन हो वा चिनी हो भन्ने निश्चित गर्नुहोस्।
  • जोमिर्यो(कृत्रिम मसाला) : यो मुख्य मरमसलामा थपेर स्वादलाई समायोजित गर्ने र बढाउने पाउडर हो जसले खाद्य पदार्थको स्वाद बढाउन मद्दत गर्छ। यो मसला नुन र चिनी जस्तै देखिन्छ, त्यसैले तपाईंले ध्यानपूर्वक हेर्नु पर्नेछ। तपाईंले खानामा यो धेरै मिलाउनु भयो भने, यो स्वाद र स्वास्थ्यकोको लागि राम्रो हुँदैन। त्यसैले, यसको एउटा उपयुक्त मात्रा प्रयोग गर्ने सिफारिश गरिन्छ।
  • सिक्योन्ग्यु(पकाउने तेल) : दिउरेमा भुट्न वा खाना भुट्न प्रयोग गरिने पहेंलो तरल पदार्थ। यसको बोतल कवरमा मकै वा सिमीको नक्सा हुन्छ।
  • चाम्जिरियम(तिलको तेल) : यो मसालादार र सुगन्धित स्वाद बनाउनको लागि प्रयोग गरिने खैरो-रङ्गको तरल पदार्थ हो, र यसलाई 'तिलका बीउको तेल' भनिन्छ। माथिका स्वाद बढाउने मसालाहरूदेखि बाहेक अलसीको तेल पनि हुन्छ।
  • एक्जेओट(माछाको सस) : माछालाई नुन हालेर फर्मेन्टेड गरेर तयार पारिएको परम्परागत सस। मेयोल्ची (सानो किसिमको माछा) एक्जेओट र कनारिया (सेन्ड लान्स) एक्जेओट आदि सस हुन्छन्। कनारिया एक्जेओटको स्वाद थाई या भियतनामी माछाको सस जस्तै हुन्छ।
  • चीनी
    < चीनी >
  • नुन
    < नुन >
  • कृत्रिम मसाला
    < कृत्रिम मसाला >
यो काम शर्त “KOGL (कोरिया ओपन सरकार लाइसेन्स) टाइप 4 : स्रोत संकेत + वाणिज्यिक उपयोग को निषेध + परिवर्तन को निषेध को अनुसार प्रयोग गर्न सकिन्छ”