दानुरी कल सेन्टर : 1577-1366
가족상담전화 : 1644-6621
21, औं तला, 173 Toegye-ro, Jung-gu, Seoul (Chungmuro 3-ga)। नम्सान स्क्वायर भवन)
Copyright ⓒ KOREA INSTITUTE FOR HEALTHY FAMILY. All Rights Reserved
प्रायजसो कोरियन मानिसहरू पश्चिमी शैलीका पहिरन लगाउछन् र वसन्त र शरद ऋतुमा लामा बाहुला भएका र गर्मी मौशममा छोटा बाहुला भएका कपडाहरू पहिरन्छन्। कोट वा स्वेटरजस्ता पहिरनमाथिबाट लगाउने कपडाहरू हिँउदमा लगाउछन्। कार्यालय जादा वा बिशेष पारिवारिक कार्यक्रम हुँदा प्राय सुट लगाउछन्।
कोरियको परम्परागत पहिरनलाई “हन्बोक” भनिन्छ। यस पहिरनले हान्बोकमा सैन्दर्य र शोभा प्रदान गर्ने सुन्दर सिधा तथा वक्र रेखाको समाञ्जस्यता राम्ररी मिलाउछ। औपचारिक वा अनौपचारिक तथा लिंग, उमेर र मौशमका आधारमा हान्बोक विभिन्न प्रकारका छन्। प्रमुख रूपमा पुरुषले लगाउने हान्बोकमा ट्राउजर र ज्याकेट हुन्छ भने स्त्रीहरूका लागि स्कर्ट र ज्याकेट हुन्छ। यसका साथै भेस्ट, मगोजा, रोबहरू आदि पनि लगाउन सकिन्छ।
जेवगोरी (कोरियन परम्परागत ज्याकेट) र पाइन्ट लगाउनुहोस्। पाइन्ट लगाउदा दायाँदेखि बायाँसम्म कम्मरपेटी बाध्नुहोस्। पाइन्टको अन्त्य भाग दाएनिमले बाँधिन्छ। जेवगोरी लगाइ सकेपछि रोवहरूलाई कसिन्छ र भेस्ट र मगोजा जेवगोरीको बाहिर पहिरिन्छ। बाहिर जाँदा वा निहुरेर अभिवादन गर्नुपर्दा दुरुमागी (परम्परागत कोरियन ओभरकोट) लगाउनुहोस्।
भित्री पाइन्ट, कोरियन मोजा र भित्री स्कर्ट र त्यसको बाहिर एउटा बाहिरी स्कर्ट लगाउनुहोस्। बाहिरी स्कर्ट बायाँतर्फ लगाउनु पर्दछ। सोक्जेवगोरी तथा बाहिरी ज्याकेट (जेवगोरी) लगाइ सकेपछि पछाडितिर नजाओस् भनेर जेवगोरीलाई अगाडितर तान्नुहोस्। जेवगोरीका छातीका रिबनहरूलाई दुबै रिबनको एउटै लम्बाइको रहनका लागि बाधिन्छ।