दानुरी कल सेन्टर
1577-1366
पारिवारिक परामर्श कल
1577-4206
한국생활안내 정보더하기 사이트로 이동

आवासीयसुविधास्थलकोप्रयोग

  • Home
  • कोरियालीसंस्कृतिरजीवन
  • आवासीयसुविधास्थलकोप्रयोग

आवासीयसुविधास्थलकोप्रयोग

01सौन्दर्य स्यालुनहरू

यो स्यालुनले कपाल काट्ने, श्रृङ्गार र मैनीक्योर सहित विभन्न सेवाहरू प्रदान गर्दछन्न। सामान्य कपाल काट्नको लागि 10,000~30,000 KRW पर्दछ। केशको स्थायी लहर बनाउन 20,000 KRWदेखि 100,000 KRW भन्दा बढी लाग्छ।

02सार्वजनिक स्नान सुविधाको प्रकार

सार्वजनिक स्नानागारलाई मोग्योक्ताङ (Mogyoktang), सौना(Souna) या जिम्जिल्बाङ(Jjimjilbang) भनिन्छ।

  • मोग्योक्ताङ(Mogyoktang) : यो ताता टब र शवरले सजाइएको स्थान हो। यसमा नुहाउनको लागि प्रति व्यक्ति 10,000 वोनदेखि लिएर 6,000 वोनसम्म लागत आउँछ।
  • सउना : यसलाई नुहाउने टब, शवर र थकाइ मार्ने स्थानले सजाइएको हुन्छ। सेवा शुल्क सुविधाहरुको अनुसार भिन्ना भिन्नै हुन्छ।
  • कोरियाली सुख्खा सउना (जिम्जिबाङ्) : यसलाई नुहाउने टब, शवर, आराम गर्ने स्थान र शयन कोठाले सजाएको हुन्छ। नुहाउने टबबाहेक, दुवै पुरुष र महिलाले बाँकी स्थानहरूको साझेदारी गर्न सक्छन्। सेवा शुल्क सुविधाहरुको अनुसार फरक हुन्छ।
  • साओना र चिम्जिल बाङ लागि, थकाइ मार्ने कोठाहरू, शयन कक्ष, व्यायाममा उपकरण जस्ता आन्तरिक सुविधाहरुको लागि उपयोग शुल्क भर्ना शुल्कमा नै समावेश हुन्छन्। तपाईंले खानेकुरा किन्न, या मसाज गराउन वा सौन्दर्य सेवा प्राप्त गर्न अतिरिक्त पैसा तिर्नु पर्छ। तपाईंले अतिरिक्त शुल्क तिर्नभयो भने आफ्नो शरीर धुनको लागि सफा गरिदिने व्यक्ति पनि पाउन सक्नु हुनेछ।
  • ताता टबहरू 43° देखि 45° सेल्सियसको तापमानमा राखेका हुन्छन, तथापि "कोरियाई सुक्खा सौना(जिम्जिबाङ्)" को तापमान 40° देखि लिएर 70° सेल्सियससम्म हुन सक्छ; "सुक्खा सौना कोठाहरू"को तापमान 70° देखि 100° सेल्सियस सम्म हुन सक्छ; र "पसीना निकाल्ने कोठाहरू"को तापमान 70° देखि 130° सेल्सियस बीचमा हुन सक्छ। सही तरीकामा प्रयोग गर्दा तातो स्नान गर्नाले र पसीना निकाल्नाले तपाईंलाई टक्सिनहरू बाहिर निकाल्न मद्दत गर्दछ, तनाव कम गर्दछ र माँसपेशीहरू दुख्ने कम गर्छ।
उपयोगी जानकारी
सार्वजनिक स्नानागार

कोरियामा एउटा राम्रो विकसित नुहाउने संस्कृति छ। हरेक एक वा दुई हप्तामा, अधिकांश मानिसहरू तातो टबमा आराम गरेर नुहाउनको लागि सार्वजनिक स्नानागार जान मन पराउँछन्। स्नानागारमा मानिसहरू पूरै नाङ्गो हुने गरेकाले, कोरियालीहरू साथी बनिएपछि मात्रै सँगै स्नान गर्न जान्छन्। आफ्ना सहकर्मीहरू वा साथीहरूसँग स्नान गर्न बानी नपरेका विदेशीहरूको लागि यसले असजिलो पार्न सक्छ। केही विदेशीहरूले तातो टबमा पनि लुगा लगाउन जिद्दी गर्छन र यसले कोरियालीलाई असजिलो महसुस हुन्छ। धेरै मानिसहरूले एकैसाथ सुविधाको साझेदारी गर्ने हुनाले, सार्वजनिक स्नानागारमा सबैको सुविधा सुनिश्चित गर्नका लागि उचित शिष्टाचार महत्त्वपूर्ण हुन्छ। यसले तपाईंलाई असजिलो भयो भने, तपाईंले पर्खिएर कुनै अर्को समयमा प्रयास गर्न सक्नुहुन्छ।

कृपया सार्वजनिक स्नानागारको प्रयोग गर्दा तल दिएका सावधानीहरूको पालना गर्नुहोस् :

तपाईं स्वस्थ भए तापनि, धेरै लामो समयसम्म तातो स्थानमा बस्नु ठीक होइन। गर्भवती महिला र हृदयको समस्या भएका मानिसहरूले बाफको कोठा प्रयोग गर्नु हुँदैन। पसीना निस्किएको कारण निर्जलीकरण हुनुबाट जोगिनको लागि हरेक 30 मिनेटमा एक गिलास पानी पिउनुपर्छ। पिउने पानी निःशुल्क प्रदान गरिएको छ, र तपाईंले सोडाहरू र अन्य पेय पनि किन्न सक्नु हुनेछ। कुनै दिन धेरै रात गएपछि रक्सी पिएर, तपाईंलाई कुनै कोरियाली मित्रले जिङ्जिल्बाङ् (Jjingjilbang) मा राती बस्ने र अर्को बिहान त्यहाँबाट सीधै काममा जाने चुनौती दिन सक्छ। रक्सीले तपाईंका शरीरको पानी कम गराउँछ, र रक्सी पिएपछि बाफ कोठामा पसीना निकाल्नु धेरै जोखिमपूर्ण विचार हो भन्ने याद राख्नुहोस्। तपाईंलाई छाला रोग वा सङ्क्रामक रोग छ भने पनि सार्वजनिक स्नानागारमा नजानुहोस्।

सार्वजनिक स्नानागारमा स्नान गर्नु : सार्वजनिक स्नानागारको उपयोग गर्दा याद गर्नुपर्ने केही निर्देशहरू तल दिएका छन्।
  1. 1तातो टबमा बस्नुभन्दा पहिले एउटा शावर लिनुहोस् र आफ्नो केश धुनुहोस्।
  2. 2पसिना निकाल्न 5 देखि 10मिनेट टबमा बस्नुहोस्।
  3. 3टब बाहिर एउटा सीटमा बसेर नुहाउने तौलियाले आफ्नो शरीर धुनुहोस्।
  4. 4तपाईंले चाहनुहुन्छ भने बाफको कोठा वा चिसो टबको प्रयोग गर्नुहोस्।
  5. 5बाहिर निस्किनु अघि अर्को शवर लिनुहोस्।
सार्वजनिक स्नानागारमा गर्नु नहुने तीनवटा कार्यहरू

यस टबमा अन्डरवेयर नलगाउने आफ्नो शरीर माड्ने वा यस बाहिर आफ्ना लुगा धुने काम नगर्ने होस्।

03अस्पताल · स्वास्थ्य केन्द्र

अस्पताल वा स्वा स्थ्य चौकि भनेको बिरामीको परिक्षण र उपचार गर्ने ठाउ हो। यसमा रोगको निराकरण गर्ने र रोग निको पार्न चाहिेसारा सुविधा उपलब्ध हुन्छ। रोगको किसिम अनुसार उपचार सेवा सञ्चालन भएको सामान्य अस्पताल, सारा रोगको व्यवस्था पन गर्ने हुने एकिकृत अस्पताल र जडिबुटी पध्दतीले उपचार गराउने पारम्परिक कोरियन जडिबुटी अस्पताल छन। लागेको रोगको अवस्था र उपचार पद्दती अनुसार उपचार खर्च फरक लाग्छ।

  • अस्पतालको बारेमा विस्तृत जानकारी '7 पानाको स्वास्थ्य र स्वास्थ्य हेरचाह > 3. अस्पताल' बिषय हेर्नु

04औषधी पसल

डक्टरको सिफारिश अनुसार रोगको औषधी खटाएर दिने र रोगको निवारण गर्ने र स्वस्थ्यको लागी खाने पिल्स स्वस्थ राख्ने ठाउ औषधी पसल हो । औषधी पसल चलाउन सरकारबाट अनुमति लिएको फर्मेसिष्ट वा वैधेले मात्र पाउने विशेष व्यवस्था छ। सिफारिश अनुसार औषधी दिने बाहेक औषधी लगाउने र खाने तरिका पनि जानकारी दिइन्छ। अस्पतालबाट सिफारिश प्राप्त गरेपछि मात्र औषधी पसलबाट ओखती किन्न मिल्छ।

05मार्ट

मार्टमा विभिन्न प्रकारका खानेकु रा लगायत दैनिकजि वनमा आवश्यक हरेक किसिमका उपभोग्य सामाग्रीहरुको बिक्री हुन्छ। आकार अनुसार सानो मार्ट देखि भयंकर ठुलो मार्ट पनि हुन्छन । सफा वातावरण र सन्तुष्ट जनक ग्राहक सेवाले गर्दा धेरै ग्राहकले प्रयोग गर्छन । बेलाबेलामा विशेष छुटमा सामान किन्न सकिने भएकोले सस्तो पनि पर्छ।

06सिनेमा हल

सिनेमा हल भनेको चलचित्र प्रदर्शनी हुने सांस्कृतिक थलो हो र यो विभिन्न आकारको हुन्छ। अहिले हल अनुसार अत्याधुनिक सुविधा थपेर 3D, 4D को अनुभव लिन सक्ने सुविधा सम्पन्न भइकन दर्शकको सुविधाको लागी धेरै प्रकारका सेवा पनि छ। बिहान सबेरै देखि रात अबेर सम्म दर्शकको चाहना अनुरुप हेर्न सक्ने समय लम्बिएको छ।

07छिमेकको पार्क

छिमेकको पार्क भनेको त्यस समाजका जनताहरुले आफु खुशी घुम्न जान मिल्ने पार्क हो। ठाउ अनुसार आकार ठूलो सानो भएपनि बालबच्चाका लागी खेल्ने सुविधा र बयस्कको लागी ब्यायाम गर्ने साधनहरु जडान भएको हुन्छ। वरिपरिका बासि न्दाको स्वास्थ्य र नियमित जिवनमा सकारात्मक प्रभाव पारेको छ।

यो काम शर्त “KOGL (कोरिया ओपन सरकार लाइसेन्स) टाइप 4 : स्रोत संकेत + वाणिज्यिक उपयोग को निषेध + परिवर्तन को निषेध को अनुसार प्रयोग गर्न सकिन्छ”