दानुरी कल सेन्टर
1577-1366
पारिवारिक परामर्श कल
1577-4206
한국생활안내 정보더하기 사이트로 이동

निम्नमाध्यमिकविद्यालयशिक्षा

  • Home
  • बालबालिकाकोशिक्षा
  • निम्नमाध्यमिकविद्यालयशिक्षा

निम्नमाध्यमिकविद्यालयशिक्षा

निम्न माध्यमिक विद्यालय पाठ्यक्रम तीन वर्षे पाठ्यक्रम हो। आफ्नो क्षेत्र अनुसार〮विध्यालय अनुसार भर्ना हुने विध्यालय तोकिन्छ, विद्यालय सम्म जाने बाटो〮यातायात अप्ठेरो भएको ठाउमा बसको सुबिधा मिलाएर भर्ना गर्ने विद्यालय तोकिन्छ ǀ निम्न माध्यमिक तह प्राथमिक तहको जस्तै यो तहको शिक्षा पनि अनिवार्य, निशुल्क हो। यदि आफ्ना बालबालिकालाई निम्न माध्यमिक विद्यालय नपठाउने अभिभावकहरूले जरिवाना तिर्नुपर्छ।

01पाठ्यक्रमको सामग्री

निम्न माध्यमिक तहको पाठ्यक्रम पनि प्राथमिक विद्यालयमा गरेको उपलब्धिको आधारमा विद्यार्थीको सिकाई तथा दैनिक जीवनमा आवश्यक आधारभूत योग्यताको बिकाश गराउने अशल चरित्र तथा प्रजातान्त्रिक नागरिकको रुपमा जान्नुपर्ने कुराहरुमा जोड दिन्छ। विद्यार्थीहरु हरेक सेमेस्टरमा 8 वटा जति पाठ्यक्रम सिक्छन, पाठ्यक्रम निम्न अनुसार छǀ

पाठ्यक्रमको सामग्री
कोर्स(वर्गीकरण) 1~3 कक्षाको कक्षा समय कोर्सको प्रमुख विषयषस्तु
कोरियन भाषा 442 सुन्ने, बोल्ने, पाठन गर्ने, लेख्ने, व्याकरण, साहित्य
सामाजिक शिक्षा (इतिहास सहित) तथा नैतिक शिक्षा 510 राजनीति, कानुन, भूगोल, इतिहास, आफु सगको संबन्ध आदि
गणीय 374 संख्या तथा गणना, अक्षर तथा सूत्र, फङ्सन, ज्यामिति सम्भाव्यता तथ्याङ्क शास्त्र
विज्ञान, औद्योगिक सिप तथा गृह विज्ञान/जानकारी 680 शक्ति र ब्यायाम,सामग्री,प्राणीहरु, पृथ्वी,परिवार, प्रविधि उपयोग, जानकारी सस्कृति आदि
शारीरिक शिक्षा 272 स्वास्थ्य, चुनौति, प्रतिस्पर्धा, अभिव्यक्ति, शुरक्षा
कला (संगीत,फाइन आर्ट्स) 272 अभिव्यक्ति, प्रशंसा, जीवन अनुभव
अंग्रेजी 340 सुनाइ, पढाई, बोलाई, लेखाई
ऐच्छिक 170 चिनियाँ वर्ण, वातावरण, विदेशी भाषाहरू (जर्मन, फ्रेन्च, स्पेनिश, चिनियाँ, जापानी, रूसी, अरबी, भियतनामी), सार्वजनिक स्वास्थ्य, करियर परामर्श, व्यावसायिक प्रशिक्षण, आदि

02सृजनात्मक कृयाकलापको अनुभव लिनु

सृजनात्मक कृयाकलापमा पाठ्यक्रम बाहेकको अतिरित कृयाकलाप अन्तर्गत स्वतन्त्र रुपमा गरिने क्रियाकलाप, विधार्थी क्लब गरिविधी, भविष्यको करिअर सम्बन्धि गतिविधी र स्वयंसेवा गरी चार क्षेत्रमा गरिने गतिविधीलाई जनाउंदछ भने, विधार्थीको व्यक्तिगत विकासको चरण तथा शैक्षिक चाहना आदिलाई मध्येनजर गरी विधालय तह अनुसार समस्या आइपरेमा तुरुन्तै समाधान गर्ने सिपको प्रयोग गर्न सकिन्छ। प्राथमिक तहको विधार्थीहरुको लागि यस्ता गतिविधीहरु निम्न अनुसार तय गरिएका छन्।

सृजनात्मक कृयाकलापको अनुभव लिनु
विधा क्रियाकलापहरू शिक्षाको जोड
स्वायत्त क्रियाकलापहरू
  • आत्मनिर्भर ∙समायोजित हुने कृयाकलाप
  • शृजनशिलता बढाउने कृयाकलाप आदि
मैत्रीपूर्ण सम्बन्ध बिकाश, स्वतन्त्र र तर्कसंगत समस्या समाधान गर्ने कौशल विकास, बिबिध क्षेत्रका शीर्षकहरूको विस्तृत विषय अन्वेषण प्रक्रियाको अनुभव, आदि।
क्लब क्रियाकलापहरू
  • कला र खेलकुद
  • शैक्षिक सांस्कृतिक गतिविधिहरू
  • युवा समूह गतिविधिहरू
  • ह्यान्ड-अन गतिविधिहरू
एक कलात्मक परिप्रेक्ष्यको बिकाश, राम्रो दिमाग र शरीर विकास, अन्वेषण र समस्या समाधान कौशल, विविध संस्कृतिहरू बुझ्ने तथा अन्वेषण, एक सामाजिक नेताको रूपमा साक्षरता पोषण
स्वेच्छिक क्रियाकलाप
  • छिमेकी सघाउने कृयाकलाप
  • वातावण संरक्षण कृयाकलाप
  • क्याम्पेइन कृयाकलाप आदि
विधार्थीको चाहना, बिशेसतालाई प्रयोगमा ल्याएर स्वयंसेवा ब्यबहारमा लागु
वृत्ति क्रियाकलापहरू
  • आफुलाइ चिन्ने कृयाकलाप
  • जिवनपथ अौल्याउने कृयाकलाप
  • जिबनपथ निर्माण गर्ने कृयाकलाप
सकारात्मक स्वयंको अवधारणालाई सुदृढ गर्दै, क्यारियर खोज
जानी राखौं।
बिद्यालय हिंसा

विद्यालय हिंसा भन्नाले शारीरिक र मानसिक हानि पुर्‍याउने कार्यहरूलाई जनाउँछ जसमा चोटपटक, आक्रमण, कैद, धम्की, अपहरण, प्रलोभन, मानहानि, अपमान, ब्ल्याकमेल, जबरजस्ती, जबरजस्ती काम, यौन हिंसा, धम्की, साइबर बुलिङ, आदि समावेश छन्। विद्यालय भित्र वा बाहिर विद्यार्थीहरू। थप रूपमा, शारीरिक, मानसिक, वा सम्पत्ति क्षति समावेश गर्ने कुनै पनि आचरणलाई विद्यालय हिंसा मान्न सकिन्छ।

घरमा विद्यालय हिंसाका लक्षणहरू पत्ता लगाउनुहोस्:
  • कसैको अनुहारको भाव गम्भीर छ र सामान्य भन्दा कम ऊर्जावान महसुस गर्दछ।
  • उसले आफ्नो नाम बोलाउँदा झुक्किने जस्ता मामूली कुराहरूमा पनि ओभररिएक्ट गर्छ, र सामान्यभन्दा बढी संवेदनशील हुन्छ।
  • विद्यालय जाने डर वा डर छ।
  • बिना कारण विद्यालय छुटेको छ वा स्थानान्तरण अनुरोध गर्दछ।
  • शरीरमा लगातार घाउ वा घाउहरू छन् र एक्लै छोडिने इच्छा छ।
  • त्यहाँ चित्रहरू छन् जसले निराशा व्यक्त गर्दछ (उदाहरणका लागि, म मर्न चाहन्छु) वा बदला (उदाहरणका लागि, मर्न)।
विद्यालयमा विद्यालय हिंसाका लक्षणहरू पत्ता लगाउने:
  • साथीहरूले उसको बारेमा गफ गर्दा पनि कसैले विरोध वा प्रतिक्रिया गर्दैन।
  • समूह गतिविधि वा विभिन्न वर्गीय गतिविधिहरूमा उसलाई सीमान्तकृत वा बहिष्कृत गरिन्छ।
  • विश्राम वा खानाको समयमा, मानिसहरू प्राय: सहपाठीहरूबाट बच्न एकान्त ठाउँ (उदाहरणका लागि, बाथरूम) मा बस्छन्।
  • कपडाहरू प्रायः क्षतिग्रस्त हुन्छन् वा आपूर्ति र सामानहरू हराउँछन्।
  • उनी विद्यालयका कार्यक्रमहरू वा सामूहिक गतिविधिहरूमा भाग लिन अनिच्छुक छन्।
  • "तपाई धेरै पटक ढिलो आइपुग्दै हुनुहुन्छ, चाँडै छोडेर वा कुनै विशेष कारण बिना ग्रेड छुटेको छ।
साइबर बुलिङ क्षतिको संकेतहरू पत्ता लगाउनुहोस्:
  • एकले प्रायः चिन्तित नजरले इलेक्ट्रोनिक सञ्चार उपकरणहरू जाँच गर्दछ र संवेदनशील रूपमा प्रतिक्रिया गर्दछ।
  • समूह च्याटमा उनी बारम्बार मनोवैज्ञानिक आक्रमणमा परेका छन्।
  • धेरै पकेट पैसाको माग गरिन्छ वा अनलाइन उपकरणहरूमा उच्च खर्चहरू खर्च गरिन्छ।
  • उसलाई आफ्ना आमाबाबुले आफ्नो इलेक्ट्रोनिक सञ्चार उपकरणहरू छोएको वा हेरेको मन पर्दैन र धेरै संवेदनशील रूपमा प्रतिक्रिया गर्दछ।
  • पाठ वा मेसेन्जर सन्देश देखेपछि एक व्यक्ति लज्जित वा भावनात्मक रूपमा विचलित हुन्छ।
  • साइबरस्पेसमा, तपाइँलाई तपाइँको नामको सट्टा अपमानजनक नामहरू वा अपमानजनक नामहरूद्वारा बोलाइन्छ, वा तपाइँलाई प्राय: उपहास वा गपशप गरिन्छ।
  • सामाजिक सञ्जालमा स्टेटस म्यासेज वा तस्बिरहरूको मुड अचानक उदास वा नकारात्मक हुन्छ।
  • कम्प्युटर वा इलेक्ट्रोनिक सञ्चार उपकरणहरू प्रयोग गरेर धेरै समय खर्च हुन्छ।
  • अपरिचितहरूले तपाईंको छोराको बारेमा कथा वा अफवाहहरू सुनेका छन्।
  • अचानक ऊ आफ्नो सेल फोन प्रयोग गर्न अनिच्छुक हुन्छ वा कुनै पनि सामाजिक मिडिया खाता बन्द गर्दछ।
स्कूल हिंसा कसरी रिपोर्ट गर्ने
  • विद्यालयको मैदानमा
    • जब पीडित, विद्यार्थी साक्षी, अभिभावक, आदिले शिक्षकसँग सीधै बोल्छन्;
    • शिक्षकसँग एक-अर्का विद्यार्थी परामर्शको क्रममा पीडित र दुर्व्यवहारको घटनाको जागरूकता;
    • विद्यालयमा स्थापित विद्यालय हिंसा रिपोर्टिङ बाकस प्रयोग गर्दै;
    • विद्यालय हिंसा पीडित र बुलिङमा सर्वेक्षणहरू प्रयोग गर्दै;
  • स्कूल मैदान बाहिर
    • 112 राष्ट्रिय प्रहरी एजेन्सी
    • साइबर अपराध रिपोर्टिङ सिस्टम (ecrm.police.go.kr)
    • 117 स्कूल हिंसा रिपोर्टिङ सेन्टर (117 (पाठ) #1017 देशव्यापी एरिया कोड बिना)
    • सुरक्षित सपनामा रिपोर्टिङ (वा खोज शब्द 117)
    • पाठ वा फोन मार्फत अनसाइट स्कूल पुलिस अधिकारी इन्चार्जलाई रिपोर्ट गर्दै।

(1)बिद्यालय

बिद्यालय हिंसा समर्पित गठन

जब एक बच्चाले स्कूल हिंसा संगठनमा हिंसाको रिपोर्ट गर्छ, संगठनले पीडित वा दुर्व्यवहारको घटना पुष्टि गरेको 48 घण्टा भित्र शिक्षा कार्यालयमा रिपोर्ट गर्छ। त्यसपछि, शिक्षा कार्यालयको शून्य विद्यालय हिंसा केन्द्र (समर्थन) को एक "विद्यालय हिंसा अन्वेषक" ले यस विषयमा अनुसन्धान गर्न विद्यार्थी र अभिभावकहरूसँग प्रत्यक्ष भेट गर्नेछ।
तोकिएको अन्वेषकबाट अनुसन्धानको नतिजा प्राप्त गर्ने विशेष संस्थाले विद्यालयका प्रधानाध्यापकले आफ्नो अख्तियारबाट यो विषय लिनु पर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्छ। यदि स्व-अधिकृत समाधानका लागि आवश्यकताहरू पूरा भएमा र विद्यार्थी पीडित र तिनका अभिभावक/अभिभावक सहमत भएमा, प्रिन्सिपलले यस मुद्दालाई सीधै सम्बोधन गर्न सक्छन्। यद्यपि, यदि प्रिन्सिपलले स्व-अधिकृत समाधानका लागि आवश्यकताहरू पूरा गर्दैनन् वा पीडित र तिनको अभिभावक सहमत भएन भने, विद्यालयले शिक्षा कार्यालयद्वारा गठित विद्यालय हिंसा प्रतिक्रिया समीक्षा समितिसँग छलफल गर्न अनुरोध गर्नेछ।

  • शून्य विद्यालय हिंसा केन्द्र: शिक्षा कार्यालय (समर्थन) को विशिष्ट विभाग जसले व्यापक समर्थन कार्यहरू गर्दछ, जस्तै स्कूल हिंसा र आक्रमणकारीहरू बीचको सम्बन्ध पुनर्स्थापित गर्ने, पीडितहरूलाई निको पार्ने र उनीहरूलाई कानुनी सल्लाह प्रदान गर्ने।
  • विद्यालय हिंसा अन्वेषक: विद्यालय हिंसाको अनुसन्धान र शिक्षा अधीक्षक (वा शिक्षा सुपरिटेन्डेन्ट) द्वारा नियुक्त गरिएको र स्कूल हिंसाको पीडक वा पीडकलाई संलग्न भएको घटनाको तथ्य पुष्टि गर्नका लागि विद्यालय हिंसा अनुसन्धान र परामर्श विशेषज्ञ।
उइ(Wee) क्लास (बिद्यालय परामर्श कोठा)

यो विभिन्न कारणले स्कुल जीवनमा अप्ठेरो खेपेका बिधार्थीहरुको लागि प्रत्येक बिद्यालयमा बनाइएको प्रथम परामर्श संस्था हो स्कुलमा घुलमिल हुनको लागि परामर्श सेवा तथा मनोबैज्ञानिक समर्थन प्राप्त गर्न सकिन्छǀ

(2)सिक्षा(समर्थान)केन्द्र

बिद्यालय हिंसा प्रतिक्रिया विचार बिशेष समिति

बिद्यालय हिंसा प्रतिक्रिया विचार बिमेश समिति भनेको बिद्यालय हिंसा निवारण तथा उपाय संबन्धि बिषयमा जानबुझ गर्ने सिक्षा केन्द्र भित्रको बैधानिक समिति होǀ बिबेचना समिति चाहि स्कुल हिंसा निवारण तथा उपाय, पिडित बिधार्थीको संरक्षण, पीडक बिद्यार्थीको बारेमा सिक्षा अग्रणी तथा सजाय, क्षति तथा पीडक बिद्यार्थी बिच विवाद मध्यस्थता छलफल गर्छǀ

उइ(Wee) सेन्टर (बिधार्थी परामर्श समर्थन केन्द्र)

स्कुबाट अग्रणी तथा निको पार्न गार्हो भएका संकट विद्यार्थीलाई समर्थन गर्नको लागि सिक्षा समर्थन केन्द्रमा बनाइएको दोस्रो परामर्श केन्द्र हो जहा ब्यबसायिक निदान-परामर्श-उपचार सेवा लिन सकिन्छǀ

उइ(Wee) स्कुल

पढाई बन्द गर्ने जस्ता गम्भीर संकटको कारणले लामो समय सम्म उपचार〮सिक्षाको आबस्यक परेका उच्च जोखिमका विधार्थीलाई समर्थन गर्नको लागि सी〮दोको सिक्षा केन्द्रपिछे निर्माण गरिएको तेस्रो परामर्श केन्द्र हो जहाँ छात्राबास भएको बैकल्पिक सिक्षा प्रोग्राम आदि बिबिध प्रकारका परामर्श ·उपचार र सिक्षा सेवा लिन सकिन्छǀ

(3)सामाजिक समुह〮कम्पनि

स्कुल हिंसा SOS सहायता समुह

फुरुन नामु फाउन्डेसनबाट संचालन गरिने बिद्यालय हिंसा SOS सहायता समुह भनेको स्कुल हिंसा पिडित〮पीडक विद्यार्थी तथा परिवार, स्कुलहरुको लागि बिद्यालय हिंसा निवारण तथा समस्या समाधान, निको गर्नको लागि बिभिन्न प्रकारका प्रोग्राम प्रदान गर्छ, फोन (☎1588-9128) र अनलाइन (www.btf.or.kr) बाट प्रयोग गर्न सकिन्छǀ

  • बिद्यालय हिंसा समग्र सेवा केन्द्र : पिडित〮पीडक विद्यार्थीहरुको लागि मानसिक, स्वस्थ्य, कानुनी, छात्रबृद्दी आदि बहुमुखी समग्र सेवा समर्थन, बिद्यालय हिंसा सम्बन्धि बिशेसज्ञ संस्था सग कनेक्सन गराएर सेवा प्रदान गर्छǀ
  • बिद्यालय हिंसा बिज्ञ परामर्श उपचार केन्द्र : हिंसा पिडित〮पीडक विद्यार्थी र परिवारको लागि मनोबैज्ञानिक परामर्श〮उपचार〮अन्तरबार्ता परामर्श, साइबर परामर्श, भ्रमण परामर्श, केम्प, सिक्षा आदि ·
  • बिद्यालय हिंसा मेलमिलाप〮विवाद〮 द्वन्द्व समायोजन केन्द्र : हिंसा पिडित〮पीडक विद्यार्थी र परिवार, स्कुलको लागि सम्बन्ध सुधार तथा द्वन्द्व समाधान गर्नको लागि मेलमिलाप〮विवाद〮द्वन्द्व समायोजन कारिक्रम, द्वन्द्व समायोजन〮 कन्सलटेन्सि, कानुनी परामर्श आदि
युथ परामर्श 1388

युथ परामर्श 1388 भनेको कोरिया युवा परामर्श कल्याण विकास संस्थाले संचालन गर्ने परामर्श सेवा होǀ बिद्यालय हिंसा पिडित तथा मित्रता समस्या आदिको बारेमा बिज्ञ परामर्शदाता सग 365दिन 24घण्टा परामर्श लिन सकिन्छǀ.फोन(☎1388), अनलाइन (www.cyber1388.kr), मेसेज काकाओ टोक (#1388)बाट प्रयोग गर्न मिल्छǀ

साङदामी सेम

साङदामी सेम भनेको सिक्षा मंत्रालय, KBकुकमिन बेंक, kakao, यल्लिन साह्वेको सहयोगमा बिद्यालय हिंसा सम्बन्धि परामर्श र उपचार रकम सहयोग गर्ने मोबाइल मनोबैज्ञानिक परामर्श सेवा होǀ. ‘काकाओ टोक’बाट “साङदामी सेम” खोज्ने साथी जोडेर मेसेज पठाएमा बिज्ञप रामर्शदाता सग परामर्श लिन सकिन्छǀ (परामर्श समय : सोम देखि सुक्र 10:00~24:00, सनी आइत/सरकारी छुट्टि बाहेक). परामर्श लिने स्कुल हिंसा पिडित〮पीडक विद्यार्थी तथा उच्च खतरामा परेका विद्यार्थी मध्ये प्रत्येक महिना 10जना भित्र चयन गरेर 80मानवनभित्र मनोचिकित्स उपचार खर्च प्रदान गर्छǀ

  • साङदामी सेम
जानीराखौं !
विद्यालयमा समस्या विद्यार्थि वा संकटमा परेका विद्यार्थिहरुका लागि "उइWee प्रोजेक्ट"।

『Wee』को अर्थ " We + education", "We(हामी सबैजना+ emotion" हो।

  • पहिलो Safe-net उइ(Wee)क्लास
    • युनिट स्कुलमा स्थापित
    • स्कुलमा घुलमिल गर्न नसकेका बिद्यार्थी प्रारम्भिक पत्ता लगाउने〮निवारण तथा स्कुलमा घुलमिल गर्न सुधार
    • सामान्य बिधार्थी तथा बिद्यालय घुलमिल हुन नसकेका बिधार्थी (स्कुल हिंसा, पढाई बन्दको खतरा, सामुहिक रुपमा कसैलाई कष्ट दिने, पारस्परिक सम्बन्ध, मिडिया लत, दुराचार, आदि)
  • दोस्रो Safe-net उइ(Wee)सेन्टर
    • क्षेत्रिय सिक्षा समर्थन केन्द्रमा स्थापित
    • संकटमा परेका विद्यार्थीको बारेमा व्यावसायिक निदान, परामर्श र निको अनुकूलित सेवा समर्थन
    • युनिट स्कुलबाट नेतृत्व तथा उपचार गर्न अप्ठेरो भएर स्कुलबाट अनुरोध गरेका विद्यार्थी तथा परामर्श चाहेका बिधार्थी
  • तेस्रो Safe-net उइ(Wee)स्कुल
    • सी·दो सिक्षा समर्थन केन्द्रमा स्थापित
    • लामो समयसम्म उपचार आबस्यक परेका संकटमा परेका बिधार्थिहरुको लागि कन्साईमेन्ट सिक्षा
    • संकट अबस्थामा परेर लामो समय सम्म उपचार आबस्यक परेका बिधार्थी
यो काम शर्त “KOGL (कोरिया ओपन सरकार लाइसेन्स) टाइप 4 : स्रोत संकेत + वाणिज्यिक उपयोग को निषेध + परिवर्तन को निषेध को अनुसार प्रयोग गर्न सकिन्छ”