दानुरी कल सेन्टर
1577-1366
पारिवारिक परामर्श कल
1577-4206
한국생활안내 정보더하기 사이트로 이동

चिकित्सकीयसंस्थाहरू

  • Home
  • स्वास्थ्यरस्वास्थ्यहेरचाह
  • चिकित्सकीयसंस्थाहरू

चिकित्सकीयसंस्थाहरू

01विभिन्न प्रकारका स्वास्थ्य संस्था

स्वास्थ्य संस्थाहरुको आकार, चलाइने क्रम, दिने सेवा र दायराको आधारमा वर्गीकरण गरिन्छन। कम गम्भिर प्रकारका रोगहरु जस्तै रुघाखोकी, पाचनमा समस्या, आदिको उपचारको लागि क्लिनिक जानुपर्छ। यदि रोग निको भएन अथवा संवेदनशिल परीक्षण गर्नुपर्ने भयो भने साधारण अस्पताल वा पहिलो स्तरको अस्पतालमा उपचार गर्न सक्नुहुन्छ।

विभिन्न प्रकारका स्वास्थ्य संस्था
औषधी उपचार हेरचाह फाईदाहरुका चरणहरु मुख्य सहायक
औषधी उपचार गर्ने संस्थासंग सहकार्य औषधी उपचार अभ्यास गर्दै गरेकाहरुका कार्यालयहरु तथा सार्वजनिक स्वास्थ्य केन्द्रहरु क्लिनिक र साधारण अस्पतालहरु उच्चस्तरिय साधारण अस्पतालहरु
औषधी उपचार बिरामीलाई बाहिरै राखेर गरिने उपचार, खोप, स्वास्थ्य व्यवस्थापन शारिरिक परीक्षण, अस्पताल भर्ना सघन जाँच, अनियमितता वा रोगको उपचार, स्वास्थ्य व्यवस्थापन
चिकित्सक संस्था सार्वजनिक स्वास्थ्य केन्द्रहरू, ओरिएन्टल औषधी क्लिनिकहरु, आन्तरिक औषधी, बालरोग उपचार परिवारलाई औषधी, स्वास्थ्य परीक्षण केन्द्र बिशेष डिपार्टमेन्ट् सहितका साधारण अस्पताल युनिभर्सिटी अस्पताल आदि
  • पहिलो स्तरको अस्पतालमा उपचार गर्दा, तपाईंले पहिलो स्तरको उपचार् गर्ने डाक्टरको उपचारको रिपोर्ट बुझाएर स्वास्थ्य बिमाको उपभोग गर्न कानुनू प्रावधान छ। डाक्टरको उपचारको रिपोर्ट बिना पहिलो स्तरको स्वास्थ्य बिमाको उपभोग गर्ने भनेको आपतकालिन् बिरामी, सुत्केरी, दाँतका बिरामी, पुनर्स्थापना, पारिवरिक बिरामी, र होमोफिलियाको उपचार गर्दा मात्र मिल्छ।
  • ‌कोरियामा धेरै ओरिएन्टल (पूर्विय) उपचार क्लिनिकहरु छन, ती क्लिनिकहरुले विविध उपचार सेवाहरु प्रदान गर्दछन, जस्तै, एक्युपञ्चर, मोक्जा काउटरी तथा हर्बल औषधी उपचार।

02उपचार क्षेत्र तथा उपचार विधा

अस्पताल वा क्लिनिक
अस्पताल वा क्लिनिक
क्लिनिक क्षेत्र
आन्तरिक औषधी उपचार शरीरभित्रका अंगहरुमा ठुलो अपरेसन नगरी गरिने उपचार; पाचनसँग सम्बन्धित रोगहरु (घाँटी, पेट आदि), फोक्सोको क्यान्सर, तथा मुटुसँग सम्बन्धित रोगहरु, रक्तनलीका रोगहरु, रक्तचाप, मधुमेह, आदि.
बाल रोग 18 वर्षभन्दा मुनिका बालबालिका तथा बच्चाहरुको हेरचाह र उपचारसँग सम्बन्धित छ, उमेर नपुग्दै जन्मिएका बच्चाहरुको हेरचाह, बच्चाहरुका रोगहरुको उपचार, एलर्जी तथा अन्य रोगहरुको उपचार
प्रसूति एवं स्त्री रोग गर्भावस्था तथा प्रसुति तथा महिलाहरुका प्रजनन अंगमा हुने अनियमितताहरुको उपचारसंग सरोकार राख्छ
मानसिक स्वास्थ्य को लागि चिकित्सा प्रभाग मानसिक रोगहरुको लक्षण देखाउने रोगहरुको उपचारसंग सम्बन्धित छ
स्नायुशास्त्र स्नायु प्रणालिसंग सम्बन्धित रोगहरु, जस्तै हृदयघात, छारेरोग, दिमागले सोच्न नसक्ने समस्या, नशामा पिडा हुने जस्ता रोगहरुको उपचारसंग सम्बन्धित छ।
पारिवारिक औषधी उमेर, लिङ्ग जे भए पनि परिवारका सम्पूर्ण सदस्यको स्वास्थ्यमा ध्यान दिन्छ, र परिवारलाई एउटै एकाइ मानेर यसको सम्पूर्ण स्वास्थ्यमा जोड दिन्छ।
छाला रोग छालासँग सम्बन्धित रोगहरुको उपचारमा जोड दिन्छ; जस्तै: डन्डिफोर, कपाल झर्ने, घाउखटिरा आदि
सामान्य शल्यक्रीया अपरेसन चाहिने रोगहरुको उपचार गर्न प्रयोग हुन्छ; जस्तै: एपेन्डिसाइटिस, संक्रमण, पाचन प्रकृयाको अनियमितता आदि
हाडजोर्नी शल्यक्रीया अस्थिपन्जर प्रणालीमा आएका अनियमितताको उपचार गर्छ, साथै सम्बन्धित मांशपेशीको समेत यन्त्रहरुको माध्यमले उपचार गर्छ।
प्लास्टिक शल्यक्रीया आँखाको ढक्कनलाई पुनः नयाँ आकार दिन, जलेको माँशपेशीलाई पुनः पहिलाको जस्तै पार्न र शरीरलाई नयाँ आकार दिन तथा शरीरको कार्यक्षमता बढाउन प्रयोग हुन्छ।
पुनर्वास चिकित्सा रोगसँग सम्बन्धित मांशपेशी, हाड, तथा स्नायु प्रणालीलाई पुनर्स्थापना विशेषज्ञ डाक्टर र फिजिकल थेरापिस्टको मदतले उपचार गर्छ
मूत्रविज्ञान पिसाब नली, मिर्गौला एवम मुत्र थैली साथै लिङ्ग तथा अन्डकोषमा देखिएका अनियमितताको उपचारसँग सम्बन्धित छ
नेत्र विज्ञान आँखा र त्यसका स्नायु प्रणालीमा देखिने रोगहरुको उपचार गर्छ, आँखाले टाढाको मात्र देख्ने वा नजिकको मात्र देख्ने समस्याको पनि अपरेसनद्वारा उपचार गर्छ
कान, नाक र घाँटीको रोग नाक, कान र घाँटी सम्बन्धित रोगहरुको उपचार गर्छ
दन्त चिकित्सा सडेका दाँतहरुको उपचार गर्छ, दाँत सोझ्याउने, पालिस गर्ने, दाँतका दाग हटाउने आदि कार्य गर्छ
आपतकालीन चिकित्सा आपतकालिन अवस्थामा रहेका बिरामीको रोगको निदान र उपचारसँग सरोकार राख्छ
चाइनिज एक्युपञ्चर तथा हर्बल क्लिनिक, वा ओरिएन्टल मेडिकल क्लिनिक
चाइनिज एक्युपञ्चर तथा हर्बल क्लिनिक, वा ओरिएन्टल मेडिकल क्लिनिक
क्लिनिक क्षेत्र
आन्तरिकऔषधिउपचारकाविभागहरु, स्त्रीरोग, बालरोग, आदि (ओरिएन्टलउपचार्सहित्आठवटाबिषयहरु) एक्युपञ्चर, हर्बलऔषधिहरुतथाएसियामाशुरुभएकाअन्यउपचारपद्ध

03उपचार केन्द्र प्रयोग गर्ने तरीका

(1)पहिलो श्रेणीको अस्पताल प्रयोग गर्ने तरिका

  • तपाईँको स्वास्थ्यबीमा कार्ड अगाडिको डेस्कमा बुझानुहोस् र नाम नबोलाउन्जेल पालो कुर्नुहोस्

  • तपाईँको नाम बोलाएपछि डाक्टरलाई रोगका लक्षणहरु बताउनुहोस्

  • डाक्टरको सल्लाहमा कुनै प्रश्न भएमा डाक्टरलाई सोध्नुहोस्

  • डाक्टरले जाँचिसकेपछि आफ्नो बिल तिर्नुहोस् र प्रेस्क्रिप्सन लिनुहोस्

  • अस्पताल नजिक फार्मेसिमा जानु भयो भने प्रेस्क्रिप्सन देखाएर औषधि किन्नुहोस्

(2)दोस्रो श्रेणीको अस्पताल प्रयोग गर्दा फरक हुने कुरा

  • पहिलो मेडिकल संस्थाको डाक्टरबाट फेरी कसलाई देखाउने भन्ने रेफरेन्स लिनुहोस्

  • दोस्रो वा सहायक मेडिकल संस्थामा जानुहोस्; केही छिटो गएर डाक्टरको टाइम लिनुहोस्, अनि पहिलो संस्थाको डाक्टरले दिएको रेफरेन्स देखाउनुहोस्

  • उपचारको निम्ति तोकिएको विभागमा जानुहोस्

  • तपाईँको प्रेस्क्रिप्सन लिनुहोस्, फेरी डाक्टर भेट्न जरुरी भए फलो-अपको निम्ति समय लिनुहोस्

  • काउन्टरमा उपचार् बिल तिर्नुहोस्

04आकस्मिक आपत्कालिन अवस्थाको सामना गर्दा

  • ‌अपतकालिन औषधी र रुघाखोकी तथा फ्लुका निम्ति दुखाई कम गर्ने औषधीहरु घरमा राखेमा उपयोगी हुन सक्छन।
  • यदि तपाईंले ☎119 मा फोन गर्नुभयो भने एम्बुलेन्स आएर तपाईंलाई नजिकैको अस्पतालको आकस्मिक् कक्षमा लगेर उपचार् गरिनेछ। यदि तपाईं अपरेसन वा शारिरिक परिक्षणका निम्ति अस्पतालमा भर्ना हुनुपर्ने भएमा तपाईंले अस्पतालको कक्ष खाली नहुन्जेल पालो पर्खनु पर्नेछ।
  • तपाईंले अस्पतालको कक्ष पाएपछि अस्पतालको प्रकृया पालना गर्नुपर्नेछ।
जानीराखौ !
अस्पताल वा अौषधी पसल जादा तपाईंको स्वास्थ्य बीमा कार्ड र परिचयपत्र बोकेर हिंड्नुहोस्
  • आपत्कालिन अवस्थामा ☎119 मा फोन गर्नुहोस
  • ‌स्वास्थ्य तथा कल्याण परामर्श केन्द्र ☎129 (मोबाइल फोनबाट स एरिया कोड थिचेपछि मात्र ☎129 थिच्नुहोस्)

05औषधि पसल, औषधि र अन्य सामाग्रि आदि

औषधिको सन्दर्भमा डक्टरले जांच गरेपछि दिएको सिफारिश लिएर मात्र औषधि पसलबाट पाउने विशेष-औषधि र डक्टरको सिफारिश बिना औषधि पसलमा गएर सिधै किन्न मिल्ने साधारण-औषधि छन्। सामान्य औषधि पसलमा रुघा, पाचक, जरो, पिंडा कम गर्ने, घाउमा लगाउने र पाखाला लाग्दा खाने जस्ता विभिन्न औषधि पाइन्छ।
औषधि बाहेक अन्य किराफट्याङ्ग्रा मार्ने, महिनावारी प्याड, स्वास्थ्य प्रबर्धक पेय, कण्डम आदि कुरा सामान्य मार्ट वा साना पसलमा किन्न सकिन्छ। साधारण लक्षण देखा पर्दा आफैले निर्क्यौल गरि जरो, रुघाखोकी, पाचक, दुखेको ठाउमा टास्ने पास जस्ता 13वटा कुरा नजिकैको 24घण्टे पसलमा गएर तुरुन्तै किन्न सकिन्छ।

जानीराखौं !
प्राथमिक उपचार औषधी

अकस्मात बिरामी हुदा वा घाइते हुदा प्राथमिक उपचार गर्न औषधी घरमा राख्नुपर्दछ। केही औषधीहरु नजिकैको पसलमा सधैं उपलब्ध हुन्छन् तापनि हामीले औषधी पसल बन्द भएको बेला पर्न सक्ने आपत्कालिन अवस्थालाई ध्यानमा राख्दै आधारभुत प्राथमिक उपचार किट राख्नु राम्रो हुन्छ। अस्पतालभन्दा टाढा बस्ने व्यक्तिहरुलाई त प्राथमिक उपचार किट झनै आवश्यक छ। एउटा आधारभुत किटमा निम्न सामाग्री हुनुपर्दछ:

  • ज्वरो कम गर्ने औषधी
  • पेनकिलर : दुखाई कम गर्ने औषधी
  • पचाउन मद्धत गर्ने औषधी
  • झाडापखालाको औषधी
  • आँखामा हाल्ने ड्रप
  • घाउ पार्ने किटाणु मार्ने एन्टिसेप्टिक
  • पोलेको ठाउँमा दुखाई कम गर्ने भ्यासेलिन
  • चिलाएको दुखेको कम गर्ने मलम
  • किराले टोकेमा दुखाइ कम गर्ने तरल औषधी
  • मांशपेशी दुख्दा सिधै लगाउन मिल्ने औषधी
  • काटेको ठाउँमा बाँध्न टाँसिने खालको पट्टी वा ब्यान्ड
  • प्राथमिक उपचार किट: बाकस, रगत सोस्ने कटन, कैंची, थर्मोमिटर, ब्यान्डेज एवम् प्लास्टर
यो काम शर्त “KOGL (कोरिया ओपन सरकार लाइसेन्स) टाइप 4 : स्रोत संकेत + वाणिज्यिक उपयोग को निषेध + परिवर्तन को निषेध को अनुसार प्रयोग गर्न सकिन्छ”