दानुरी कल सेन्टर : 1577-1366
가족상담전화 : 1644-6621
21, औं तला, 173 Toegye-ro, Jung-gu, Seoul (Chungmuro 3-ga)। नम्सान स्क्वायर भवन)
Copyright ⓒ KOREA INSTITUTE FOR HEALTHY FAMILY. All Rights Reserved
स्वास्थ्य उपचार फाईदा प्रणालीले आर्थिक कठिनाईले गर्दा औषधी उपचारको शुल्क तिर्न नसक्ने नागरिकको शुल्क राष्ट्रले तिर्ने व्यवस्था हो। नियमअनुसार विदेशीहरु यसको लागी योग्य हुँदैनन तरराष्ट्रिय आधारभुत जीवनयापन सुरक्षा ऐनका आधारमा अपवादहरु छन। स्वास्थ्य उपचार फाईदा प्रणाली उपभोगीलाइ रोग, चोटपटक, प्रसुती आदिले अस्पताल स्वास्थय केन्द्र उपचार गराएमा सरकारले उसको अस्पताल स्वास्थय केन्द्रको उपचार खर्च तिरिदिन्छ।
राष्ट्रिय आधारभूत जीवनयापन सुरक्षा नियमले तोकेका स्वास्थ्य सुविधा प्राप्त गर्न सक्ने व्यक्ति (विदेशी नागरिक सहित) भएमा जो कोहिले पनि स्वास्थ्य बीमा प्रणालीको लाभ लिन सक्नेछन्।
मुख्य प्रापकहरु | सहायक प्रापकहरु |
---|---|
- राष्ट्रिय आधारभूत निर्वाह सुरक्षाको लाभार्थीहरू मध्ये तलब नभएको घरपरिवार - घरबारविहीन बिरामी - अन्य कानूनहरूको अधीनमा रहेका व्यक्तिहरूमध्ये तलब नभएको घरपरिवार (विपद् पीडितहरू, शारीरिक रूपमा अशक्तहरू, राष्ट्रिय योग्यता प्राप्तकर्ताहरू/भेटरेन्सहरू, अमूर्त सांस्कृतिक सम्पत्तिका धारकहरू, उत्तर कोरियाली भाग्नेहरू, मे 18 प्रजातन्त्रीकरण आन्दोलनका सदस्यहरू, धर्मपुत्रहरू (18 वर्ष मुनिका) , घरबारविहीन मानिसहरू, आदि)। | - राष्ट्रिय आधारभूत निर्वाह सुरक्षाको लाभार्थीहरूमध्ये रोजगारी क्षमता भएका परिवारहरू - अन्य कानूनहरूको अधीनमा रहेकाहरूमध्ये रोजगारी क्षमता भएका परिवारहरू |
स्वास्थ्य उपचार सुविधा प्रणाली पाउने उम्मेद्वारले पनि केहि अंश तिर्नुपर्छ।
वर्गीकरण | मुख्य प्रापकहरु | सहायक प्रापकहरु |
---|---|---|
अस्पताल भर्ना भएको | निशुल्क | उपचार शुल्कको 10% |
बाहिरै उपचार गरेमा | क्लिनिक (1000 वन), अस्पताल (1500 वन), उच्च श्रेणीको अस्पताल (2000 वन) | क्लिनिक (1000 वन), अस्पतालह (उपचार शुल्कको 15%), उच्च श्रेणीको अस्पताल (उपचार शुल्कको 15%) |
औषधि-पसल | 500 वन (डाक्टरको सिफारिश1 प्रति) | 500 वन (डाक्टरको सिफारिश1 प्रति) |
आवेदकले औषधीउपचार सुविधाको लागि पहिलो स्वास्थ्य उपचार सुविधा केन्द्रमा निवेदन दिनु पर्दछ, त्यसपछि दोस्रो र तेस्रो स्वास्थ्य उपचार सुविधा केन्द्रको क्रमैसंग उपभोग गर्न सकिन्छ। (अपवाद हुन सक्छ)