दानुरी कल सेन्टर : 1577-1366
가족상담전화 : 1644-6621
21, औं तला, 173 Toegye-ro, Jung-gu, Seoul (Chungmuro 3-ga)। नम्सान स्क्वायर भवन)
Copyright ⓒ KOREA INSTITUTE FOR HEALTHY FAMILY. All Rights Reserved
स्थानीय जनताको स्वास्थ्य सुधआर गर्न, रोगको रोकथाम र व्यवस्थित गर्न स्थापित स्वास्थ्य चेक गर्ने ठाउलाई सार्वजनिक स्वास्थ्य केन्द्र भनिन्छ। सार्वजनिक स्वास्थ्य केन्द्रका दायित्वहरुमा स्वास्थ्य चेक गर्ने, सरुवा र घातक रोगहरुको रोकथाम र व्यवस्थापन गर्ने, सामान्य उपचार गर्ने, परीक्षण गर्ने, जनता र खाद्यान्नको सरसफाई व्यवस्थापन गर्ने, प्रशासनिक कार्यमा जनताको स्वास्थ्य र औषधीलाई व्यवस्थित गर्दै सहयोग पुर्याउने हुन। स्वास्थ्य सुधार सेवा अन्तर्गत सार्वजनिक स्वास्थ्य केन्द्रले दीर्घकालिन रोगको उपचार गर्ने, फिजिकल थेरापी, दाँतको उपचार तथा ओरिएन्टल स्वास्थ्य सेवा प्रदान गर्ने कार्य गर्दछन्। स्थानीय सरकारले स्थापना र सन्चालन गरेको हुनाले यीनको दायरा, स्कोप, र उपचार खर्च फरक पर्न सक्नेछ। पूर्ण जानकारीको लागि तपाईंको क्षेत्रको पब्लिक हेल्थ्केयर सेन्टर (सार्वजनिक स्वास्थ्य सेवा केन्द्र) मा सम्पर्क गर्नुहोला।
प्रकार | विवरण |
---|---|
स्वास्थ्य उपचारको स्कोप | आधारभूत सामान्य स्वास्थ्य हेरचाह, दीर्घरोगका विविध परीक्षण जस्तै उच्च रक्तचाप, मधुमेह, र फिजिकल थेरापी |
ओरिएन्टल स्वास्थ्य उपचार | काउन्सेलिङ तथा ओरिएन्टल श्वास्थ्य हेरचाह सेवा |
दाँतको उपचार | मुखको स्वास्थ्य परिक्षण, काउन्सेलिङ, रोकथामका उपाय, दाँतका खाडल भर्ने तथा दाँत निकाल्ने |
औषधोपचार खर्च | स्थानीय स्वास्थ्य केन्द्रमा हुन आउने शुल्क तथा स्वास्थ्य खर्च क्षेत्रीय जनस्वास्थ्य ऐनको धारा 25 अनुसार स्थानीय अध्यादेशमार्फत तय गरिएको हुन्छ। |
नर्स〮 फिजिकल थेरापिस्ट 〮पोषण बिशेषज्ञ आदि सार्वजनिक स्वास्थ्य केन्द्रका विशेषज्ञहरु स्वस्थ्य देखबाल सेवा प्रयोग गर्न कठिनाइ भएका समाज〮सस्कृति〮आर्थिक कमजोर भएका व्यक्ति तथा 65बर्ष बढि भएका एक्लो बुडाबुढी, 75बर्ष भन्दा बढि भएका बृद्ध दम्पति परिवारलाई मध्यनजर गरेर यस्ताको घरमा भ्रमण गरेर दिर्घकालिन रोग प्रबंधन आदि स्वास्थ्य व्यवस्थापन कार्यक्रम प्रदान गर्ने कारिक्रम होǀ
मानसिक स्वास्थ्य कल्याण सुधार केन्द्रल मानसिक रोगको रोकथाम, मानसिक रोग लागेका बिरामी पहिचान गर्ने, परामर्श तथा पुनर्स्थापना सेवा प्रदान गर्ने, मानसिक स्वास्थ्य सम्बन्धि शिक्षा तथा विज्ञापन गर्ने सेवा प्रदान गर्छ। डिप्रेसन, मानसिक स्वास्थ्य बिग्रेका र ड्रगको दुर्व्यसनमा फसेकाहरुले नजिकैको मानसिक स्वास्थ्य कल्याण केन्द्रमा गई परामर्श तथा मद्धत लिन सक्नेछन्।