01कोरियाली परिवारको चित्रण
कोरियामा पारिवारिक जीवन अद्वितीय छ। कोरियाली परिवारका विशेषताहरु बुझ्ने वैवाहिक आप्रवासीहरूले आफ्नो नयाँ परिवारसँग आफूलाई सजिलै समायोजन गर्न र कोरियाली संस्कृतिलाई बुझ्न सक्छन्। पारिवारिक संस्कृति परिवार र क्षेत्र अनुसार फरक हुन सक्छ। कोरियाली संस्कृति कन्फ्यूशियसको सिद्धान्तमा आधारित छ। कोरियाको पारिवारिक संस्कृति कन्फ्युसियाली संस्कृति अँगाल्ने देशहरूसँग केही समानता राख्दछ, तर यो तीव्र औद्योगीकरणको प्रक्रियामा परिवर्तन भएको छ।
(1)पारिवारिक सम्बन्ध
- एउटा सामञ्जस्यपूर्ण परिवार प्रत्येक सदस्यको आनन्द झैं महत्त्वपूर्ण हुन्छ।
- परिवारभित्र सोपानक्रम महत्त्वपूर्ण हुन्छ। बच्चाहरूलाई आफुभन्दा ठूलालाई आदर गर्न र भद्र तरिकामा आफ्नो राय व्यक्त गर्न सिकाउनु पर्छ।
- बयश्क छोराछोरीले बृध्द आमाबुबासंगै बसेर हेरचाह गर्ने पनि गर्छन तर बृध्दावस्था स्वतन्त्र रुपमा आफ्नै घरमा वा आफ्नो जिवनसाथी संगै बिताउन चाहना गर्ने बृध्द आमाबुबाको संख्या बढ्दो छ।
- विविधिकरण हुंदै गइरहेको बदलिदो सामाजिक चेतना र त्यसका साथै विभिन्न कारक तत्वको असरले गर्दा परिवारको प्रकृति पनि बदलिदै जादैछ। एकल अभिभावक परिवार, बाजेबजै र नातानातिनाको परिवार, बहुसांस्कृतिक परिवार, अपनाएको परिवार, दोस्रो वैवाहिक परिवार, 1 सदस्यीय परिवार आदि अनेकौ प्रकृतिका परिवारको व्यक्तिगत तथा सामाजिक स्तरमा स्वीकार्ने प्रवृत्ति फैलदै छ।
(2)पति र पत्नीको सम्बन्ध
- पति र पत्नीको सम्बन्ध महत्त्वपूर्ण छ, तर तपाईंको छोरा वा छोरी र आमाबाबुको रूपमा ठूलो भूमिका हुन्छ।
- परिवार सम्बन्धी विषयमा पति पत्नीले सहमति गरेर संगै निर्णय लिने, महिला र पुरुष बराबर भएको परिवार स्थापना गरि छोराछोरी हुर्काउने र घर भित्रको कामको जिम्मेवारी पनि बराबरी लिनुपर्छ भन्ने सोचाइले ग्राह्यता पाउदैछ।
- आफ्नो जिवनसाथीसंग बिचार आदानप्रदान गर्ने सन्तुष्टी जति बढी हुन्छ, र छोराछोरी हुर्काउने जिम्मेवारी प्रतिको सन्तुष्टी जति बढी हुन्छ त्यसैको हाराहारीमा पति पत्नीको सम्बन्धको सन्तुष्टी पनि उच्च भएको पाइएको छ।
(3)पारिवारिक जीवनमा घुलमिल
विवाह मार्फत पारिवारिक सम्बन्ध, जिवनशैली, सोचबिचार परस्पर फरक भएका व्यक्ती मिलेर परिवारको सृजना हुन्छ। तसर्थ पारिवारिक जिवनको बारेमा बैचारिक भिन्नता सन्तुलन गर्नु वैवाहिक जिवनको शुरुवातमा अत्यन्तै जरूरी छ। भिन्ना सांस्कृतिक परिवेश बाट आएका दुई व्यक्ती मिलेर बहुसांस्कृतिक विवाहको खण्डमा पारिवारिक जिवनको बारेमा सोचाइको भिन्नता अझ बढी हुन सक्ने तथ्यलाई ध्यान दिन जरुरी छ। जिवनसाथीसंगको विचारको भिन्नताले गर्दा पारिवारिक जिवन कठिनाइ भएमा तल उल्लेखित उपाय पेश गर्दछौ।
- एकअर्काको पारिवारिक संस्कृतिलाई बुझ्ने प्रयास गर्नु
- आफ्नो पति र पतिको परिवारको पारिवारिक परम्परा बारेमा बढि जानकारी लिनु
- बातचीतको माध्यमद्वारा समस्याको समाधान गर्नु
- अरूबाट मद्दत लिनुहोस्
- विशेषg परामर्श केन्द्र दानुरी कल सेन्टर (☎1577-1366) प्रयोग गर्ने
- तपाईंले माथि दिएका तरिकाहरूबाट यदि समस्याको समाधान गर्न सक्नु भएन भने, एउटा राम्रो व्यवसायिक सल्लाहकारसँग परामर्श लिनुहोस्। नजिकका बहु-सांस्कृतिक परिवारका लागि सहायता केन्द्र, Danuri Helpline(☎1577-1366) बाट सहायता प्राप्त गर्नुहोस्।
02भाषा शिष्टाचार
कोरियामा हामीले कसैलाई बोलाउँदा वा एउटै व्यक्ति उल्लेख गर्दा धेरैजसो विविध थर वा पदनामको प्रयोग गर्ने गर्दछौं। त्यसैले सम्बोधन वा साइनो गर्दा गलत भएमा खराब व्यवहार भएको व्यक्ति भइने हुनाले सावधान हुनु पर्दछ। साइनो भनेको कुनै व्यक्तिलाई प्रत्यक्ष रुपमा गरिने कुरा हो र सम्बोधन भनेको कुनै व्यक्तिलाई अरु व्यक्ति संग भन्नु पर्दा गरिने कुरा भएकोले सबै भन्नु पर्दा नाम भनिन्छ।
(1)सम्मानजनक र सामान्यमित अभिव्यक्ति
कोरियामा वक्ता र श्रोता बीचमा उमेर, सम्बन्ध, सामाजिक स्थिति आदिको भिन्नताको आधारमा भाषा शैलीमा आंशिक भिन्नता देखिन्छ। यी भिन्नताहरूलाई व्यापक रूपमा दुईवटा बोल्ने शैलीहरूका रुपमा वर्णन गर्न सकिन्छ : सम्मानजनक र अनौपचारिक अभिव्यक्ति।
- आफुभन्दा ठूलालाई सम्मानजनक स्तरको र सानाहरूलाई कम सम्मानजनक स्तरको भाषा प्रयोग गरिन्छ।
- मित्र या तपाईंभन्दा कान्छो कसैसँग बोल्दा अनौपचारिक स्तरको भाषा बोल्नुहोस्।
उदाहरण)
खाना खाने (सामान्य प्रयोग गरिने भाषा) / भोजन ज्युनार गरिबक्स्योस (उच्च स्तरमा प्रयोग गरिने भाषा)
धन्यवाद (सामान्य प्रयोग गरिने भाषा) / हृदयदेखि आभार प्रकट गर्छु (उच्च स्तरमा प्रयोग गरिने भाषा)
राम्रोसंग बस्नु (सामान्य प्रयोग गरिने भाषा) / आफ्नो राम्रो ख्याल गर्नुहोला (उच्च स्तरमा प्रयोग गरिने भाषा)
03परिवारको लागि मनाउने महत्वपूर्ण दिनहरू
पारिवारिक जीवनमा धेरै महत्वपूर्ण अवसरहरू आउँछन, जस्तै परिवारका सदस्य वा साथीहरूको जन्म, विवाह अथवा मृत्यु। यस्ता अवसरहरू व्यक्ति र परिवार दुवैका लागि महत्वपूर्ण हुन्छन्, त्यसैले तपाईँले यस्ता अवसरमा आफ्नो परिवारका सदस्यसँग समय बिताउनु पर्छ।
(1)जन्म
- बेकिल (एक सौवाँ दिन) : कोरियामा एउटा बच्चा जन्मेको सौवाँ दिनलाई ठूलो उत्सवको रूपमा मनाइन्छ। एक सौवाँ दिनको उत्सवमा भापमा पकाएका चामलका केक, रातो सिमीबाट बनाइएको महको केक र सिविडको सूप आदि परंपरागत खानाहरु तयार गरिन्छ। यो विशेष दिन मनाउनका लागि बच्चालाई नयाँ लुगा लगाईदिइन्छ।
- पहिलो जन्मदिन : बच्चाको पहिलो जन्मदिनको पार्टीमा आफन्त र घनिष्ठ मित्रहरूलाई आमन्त्रित गरिन्छ। बच्चालाई कोरियाली परम्परागत पोशाक लगाईदिएर पहिलो जन्मदिन मनाउनका लागि एउटा विशेष टेबल तयार गरिन्छ। परंपरागत रूपमा तयार पारिएका बेक्सेओलगी (सेतो चामलको भापमा बनाएको केक), सोङ्पेओन (अर्ध-चन्द्राकारको चामलको केक), र सुसुक्युङ्दान (ग्लुटिनस काओलियाङ्बाट तयार गरेको एक प्रकारको महको केक) उक्त टेबलमा राखिन्छ। बच्चाको स्वास्थ्य र सौभाग्यको निम्ति प्रार्थना गरेर त्यसपछि जन्मदिन मनाउने बच्चालाई उसको इच्छा अनुसार कुनै पनि वस्तु निकाल्न दिइन्छ, र उसलाई उपहार र आशिष दिइन्छ। आजभोली, बच्चाको पहिलो जन्मदिनको टेबल बाबुआमाको सट्टा रेस्टुरेन्टले तयार पारेको देखिन्छ।
- जन्मदिन : कसैका आफुभन्दा ठूलाको जन्मदिन आदरसँग स्याङ्सिन (saengshin)को रूपमा उल्लेख गरिन्छ। कोरियामा जन्मदिनमा नाश्ताको लागि सिविडको पकाएको पाइन्छ। कहिलेकाहीं आफन्त र साथीहरूलाई पनि जन्मदिन सँगै मनाउन आमन्त्रित गरिन्छ। यी आमन्त्रित पाहुनाहरूले जन्मदिनको उपहार वा पैसा लिएर आउँछन्।
- < आधुनिक पहिलो जन्मदिनको टेबल >
(2)विवाह
कोरियामा परम्परागत र आधुनिक दुवै प्रकारका विवाह हुन्छन्, तर आजभोली परम्परागत विवाहलाई आधुनिक विवाह पद्धतिले लगभग ढाकिसकेकोले गर्दा यो विवाह पद्धति हराउँदै गइसकेको देखिन्छ। आधुनिक विवाहहरू विवाह भवन, होटल, चर्च, मन्दिर आदिमा सम्पन्न गरिन्छन्। विवाहका लागि बेहुलाले टक्सेडो र बेहुलीले एउटा विशेष पोशाक लगाउँछन्। ड्रेस लगाएर विवाह गर्छन। विवाहपश्चात, बेहुला र बेहुली दुवैले लुगा परिवर्तन गरेर कोरियाली परम्परागत पोशाक लगाउँछन र बेहुलाका आमाबाबु र अन्य वुजुर्गहरूलाई पेबेक (Pyebaek*) को सम्मान दिन्छन्।
(3)होगेप (Hoegap) र गोहियोन(Gohiyeon) (दीर्घायुको लागि इच्छा गरेर राखिएकाभोजहरू)
- होगेप (Hoegap) : यो कसैको 60 वर्ष पुगेको जन्मदिन हो। (कोरियाली उमेरमा 61 वर्ष)। यो बच्चाहरूले स्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाइने उत्सव हो। विगतमा मानिसको आयु कम हुनाले यस दिनको विशेष अर्थ थियो। वर्तमानमा, मानिसको औसत आयु लमिएको हुँदा यो धेरैजसो सामान्य उत्सवमा परिवर्तन भएको छ। विगतमा उत्सवमा भोजको बढी मह्त्व हुने गर्दथ्यो, तर आजभोली यो दिन आमाबाबुलाई यात्रामा पठाउन वा तिनीहरूलाई केही सम्मानजनक उपहार र केही रकम दिन बढी रूचाएको देखिन्छ।
- गोहियोन (Gohiyeon) : यो एउटा मानिस पूर्ण 70 वर्ष पुग्दा मनाइने जन्मदिन हो। (कोरियाली उमेरमा 71 वर्ष)। आफन्त र घनिष्ठ मित्रहरू आमन्त्रित गरिन्छन्, र अन्य सामान्य वर्षहरूको भन्दा ठूलो पार्टीको आयोजना गरिन्छ। केही मानिसहरूले जन्मदिनको उपहार पनि प्रदान गर्दछन्।
(4)अन्त्येष्ठी
परिवारले शोक मनाउने लुगा लगाउँछन र मृतकलाई विशेष लुगा लगाइदिन्छन्। सामान्यमा, वृद्धहरूको जीवित अवस्थामा यस्ता लुगाहरू अग्रिममा नै तयार पारिन्छन्। यी वस्त्रहरू परिवार र क्षेत्र अनुसार भिन्ना भिन्नै हुन्छन्। केही अवस्थाहरूमा, मृतकलाई पाटको कालो वा सेतो लुगा लगाइन्छ। मुन्साङ(munsang)* मा उपस्थित हुने पाहुनाहरूले चहकिलो रङ्ग लगाउनु हुँदैन, र सेतो वा कालो लुगा लगाउनु पर्ने छ। मुन्साङ(Munsang)को बेलामा तपाईंले सम्मानका साथै परिवारसँगै सहभागी भएर प्रार्थना गर्नु पर्नेछ। सहानुभूति देखाउनको लागि मृतकको परिवारलाई पैसा पनि प्रदान गरिन्छ।
- मुन्साङ (Munsang) : मृतकको परिवारमा सहानुभूति प्रकट गर्न उपस्थित हुनु
(5)पितृ चढाउनु, श्राध्द गर्नु
मृत्युवरण गरिसकेका मातािपताको सम्मान स्वरुप मृत्यु भएको दिन वा त्यसको अघिल्लो दिनको राती सहभागीजनले साधारण पोशाक लगाएर मृत आत्माको संझना र सम्मान गर्ने चलन छ। परिवारको संस्कार र धर्म अनुसार ंमनाउने तरिका फरक हुन सक्छ।
- मृत्यु यादगार सेवा: यो मृतकको मरेको दिनको राती मनाउने पुर्खाको यादगार सेवा हो। सामान्यतया, कोरियालीहरूले माथिका 2 पुस्ताहरू सम्मका पुर्खाहरूको सेवा गर्दछन्।
- परिवार यादगार सेवा: नयाँ वर्ष, हान्सिक (Hansik) र चुसेओक (Chuseok) जस्ता उत्सवहरू पालन गरिन्छन्।
- < परिवार यादगार सेवाको लागि टेबल >