दानुरी कल सेन्टर
1577-1366
पारिवारिक परामर्श कल
1577-4206
한국생활안내 정보더하기 사이트로 이동

राष्ट्रियनिवृत्तिभरण

  • Home
  • सामाजिकसुरक्षाप्रणाली
  • राष्ट्रियनिवृत्तिभरण

राष्ट्रियनिवृत्तिभरण

सरकारद्वारा सन्चालित राष्ट्रिय निवृत्तिभरण प्रणाली अन्तर्गत नागरिकहरुले बुढेसकालको जिवन तयारी गर्न तथा आकस्मिक अपांङगपना वा मृत्युको लागी अनिवार्य रुपमा बिमाशुल्क तिर्नुपर्ने हुन्छ, निवृत्तिभरण हकवालालाई वा तिनका परिवारलाई प्रदान गर्छ र संकट परेको बखत स्थिर जिन्दगी जीउन सक्छन।

01लागुहुने व्यक्ति

कोरियान जस्तै कोरियामा बसोबासरत विदेशीहरूले पनि राष्ट्रिय अवकाश योजनामा सामेल हुनु पर्छ। 18 देखि 60 वर्षको उमेरको विदेशी कुनै व्यवसायमा काम गर्दछ भने ऊ ब्यबसायिक ग्राहक बन्दछ। आफैले व्यवसाय चलाएमा वा त्यो भन्दा अरु केसमा विदेशी बासिन्दा स्थानीय ग्राहक बन्दछ। तथापि उक्त विदेशीको देशमा कोरियानलाइ राष्ट्रिय अवकाश योजनाको सदस्य हुन नदिएमा विदेशीले पनि कोरियन योजनामा सहभागी हुन पाउदैन। कोरिया र विदेशी व्यक्तिको देशका बीचमा कुनै सामाजिक सुरक्षा सन्धिहरू भएका भएमा सोही सन्धि अनुसार लागु हुनेछ।

  • 18बर्ष भन्दा कम भएतापनि व्यवसायको कर्मचारीको रुपमा काम गर्दछ र दर्ता गर्न चाहेमा व्यवसाय कर्मचारीको रुपमा दर्ता गर्न मिल्छǀ
राष्ट्रिय पेंशन प्रणाली बाट बहिष्कृत देशहरु (23 देशहरु)

जर्जिया, नाइजेरिया, दक्षिण अफ्रिका, नेपाल, पूर्वी तिमोर, मलेसिया, मालदीव, म्यानमार, बंगलादेश, भियतनाम, बेलारूस, ब्रुनेई, साउदी अरब, स्वाजील्याण्ड, सिंगापुर, आर्मेनिया, इथियोपिया, ईरान, इजिप्ट, कम्बोडिया, टोंगा, पाकिस्तान, फिजी

02बिमा शुल्क तिर्ने

  • ब्यापारिक संस्थाहरुका रोजगारदाता र तिनमा कार्यरत कामदारहरु दुवैले आफ्नो मासिक आम्दानीको 4.5% निवृत्तिभरणको लागि जम्मा गर्नुपर्दछ।
  • स्थानीय आवद्धता भएका व्यक्तिहरू (व्यापारका मालिकहरू आदि) आफुले जानकारी गराएको मासिक आयको 9% रकम निवृत्तिभरणको लागि जम्मा गर्नुपर्दछ।

03अनुदान सुविधा

अवकाश सुविधाका (वृद्ध, अशक्तता वा कोही बितेको) लागि विदेशी बासिन्दाहरूको योग्यता पुग्ने भएमा उनीहरूले आफूले पाउने अवकाश रकम पाउने छन्।

‌बृध्द निवृत्तिभरण

कुनै पनि व्यक्तिले आफ्नो बुढेसकाल निवृत्तिभरणको निम्ति दश वर्ष वा सोभन्दा बढी रकम जम्मा गरेको छ भने उसले निवृत्तिभरण पाउने उमेर भएपछि निवृत्तिभरण पाउन सक्छ।

जन्मसालको आधारमा बुढेसकाल निवृत्तिभरण पाउने उमेर
जन्मसालको आधारमा बुढेसकाल निवृत्तिभरण पाउने उमेर
विवरण -1952 1953
-1956
1957
-1960
1961
-1964
1965
-1968
1969-
उमेर 60 61 62 63 64 65
अपांग भत्ता

पेन्सन लिन योग्य भएका व्यक्ति, पेन्सन लिइरहेका अवधीमा (18 बर्ष ∼वृद्धाबस्थामा पाउने पेन्सन प्राप्त समयअघि) उत्पन्न भएको रोग तथा दुर्घटनाबाट निको भएपछि पनि अपांगता (रोग पत्ता लागेको 1 बर्ष 6 महिनासम्म पनि लगातार) देखिएमा अपांगताको तह अनुसार 1~3 तहकालाई पेन्सन र 4 तहकालाई एकमुष्ट क्षतिपूर्ति रकम प्रदान गरिनेछ।

मृतकका परिवारलाई दिइने लाभ

राष्ट्रिय निवृत्तिभरणको लाभ लिन योग्य भएका वा पेन्सनको (वृद्ध, अपांग 1~2 श्रेणी) लाभ लिइरहेका व्यक्तिको मृत्यु भएमा मासिक रुपमा उसको परिवारमा रहेका जिवित व्यक्तिलाई सहयोग रकम दिइने छ।

एकमुस्ट निवृत्तिभरण रकम

विदेशी नागरिकलाई एकमुष्ठ रकम निवृत्तिभरण दिइदैन, तर एकमुस्ठ रकम र त्यसको ब्याज समेत विदेशी नागरिकले कोरिया छोड्दा वा मृत्यु हुँदा वा साठी वर्ष उमेर पुगेको खन्डमा निम्न अवस्थामा दिइन्छ।

  1. 1विदेशी नागरिकको मुलुकले कोरियन नागरिकलाई पनि रकम निवृत्तिभरण समान रुपमा दिन्छ भने,
  2. 2कोरिया र बिदेशी नागरिकको मुलुकबिच सामाजिक सुरक्षा सन्धिमा हस्ताक्षर भएको छ र उक्त सन्धिमा सम्बन्धित नियम छ भने,
  3. 3विदेशी नागरिकको हैसियत E-8, E-9 र H-2 छ भने
राष्ट्रिय निवृत्तिभरणको एकमुस्ठ रकम प्रदान गर्ने मुलुकहरु (46 देश)

थाइल्याण्ड, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, श्रीलंका, कजाकस्तान, हंगकंग, बेलिज, ग्रेनाडा, सेन्टभिन्सेन्टएन्डग्रेनाडिन्ज, जिम्बाब्वे, क्यामरुन, घाना, भानुआतु, बर्मुडा, सुडान, एलसाल्भाडोर, जोर्डन, केन्या, ट्रिनिडाडएन्डटोबागो, भूटान, कोलम्बिया, युगान्डा र ट्युनिसिया, भारत, स्वीस, टर्की (24देश, पारस्परिक रुपमा आफ्ना नागरिकहरुप्रतिको समान नीतिको आधारमा एकमुस्ठ रकम भुक्तान गर्ने 24 मुलुकहरु)

जर्मनी, अमेरिका, क्यानडा, हंगेरी, फ्रान्स, अष्ट्रेलिया, चेकोस्लोभाकिया, बेल्जियम, पोल्याण्ड, स्लोभाकिया, बुल्गेरिया, रोमानिया, अस्ट्रिया, भारत, टर्की, स्विट्जरल्याण्ड, ब्राजिल, पेरु, स्विट्जरल्याण्ड, टर्की, भारत, लक्समबर्ग, स्लोभेनिया, क्रोएसिया, र उरुग्वे (सामाजिक सुरक्षा सम्झौताको आधारमा एकमुष्ट भुक्तानीका लागि योग्य 22 देशहरू)

  • E-8, E-9 र H-2 हैसियत भएका विदेशी नागरिकहरुले भने जुनसुकै देशको भएपनि एकमुस्ठ रकम पाउने छन। विस्तृत जानकारीका लागि राष्ट्रिय निवृत्तिभरण सेवाको शाखा कार्यालयमा संपर्क राख्नुहोला, वा 1355 मा फोन गर्नुहोला। राष्ट्रिय निवृत्तिभरण सेवाको वेबसाइट : www.nps.or.kr
यो काम शर्त “KOGL (कोरिया ओपन सरकार लाइसेन्स) टाइप 4 : स्रोत संकेत + वाणिज्यिक उपयोग को निषेध + परिवर्तन को निषेध को अनुसार प्रयोग गर्न सकिन्छ”