दानुरी कल सेन्टर
1577-1366
पारिवारिक परामर्श कल
1577-4206
한국생활안내 정보더하기 사이트로 이동

राष्ट्रियआधारभूतजीवनसुरक्षा

  • Home
  • सामाजिकसुरक्षाप्रणाली
  • राष्ट्रियआधारभूतजीवनसुरक्षा

राष्ट्रियआधारभूतजीवनसुरक्षा

आधारभूत जीवन सुनिश्चित गर्नका लागि न्यून आय भएका नागरिकहरूलाई आधारभूत जीवनयापनका लागि खर्च, घर खर्च अनुदान, शिक्षाका लागि अनुदान (शिक्षा मन्त्रालय) तथा स्वास्थ्य सहयोग सरकारले प्रदान गर्दछ। मजदुरी गर्न सक्नेलाई व्यवस्थित तवरले आफुलाई स्वाभलम्बी बनाउने सेवा दिएर स्वाभलम्बी र आत्मनिर्भर बनाउने प्रणालीको निती बनाउने क्रममा विदेशी बासिन्दाले पनि सम्बन्धित अध्यादेशमा आधारित सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

01मापदण्ड

निम्न शर्तहरु पूरा गर्ने विदेशी बासिन्दा भइकन ① आय विवरणको मापदण्ड ② आफूमा भर पर्ने आश्रित व्यक्तिको मापदण्ड पुरा भएमा आधारभूत जीवनयापन सुरक्षा सहयोगको निम्ति रकम प्राप्त गर्न सकिन्छ।

  • कोरियामा दर्ता भई बसोबास गरेको, कोरियन नागरिकसँग विवाह भएको र आफु वा जोडी गर्भवती भएमा, कोरियन बच्चा हुर्काउन लागेको खण्डमा (सम्बन्ध विच्छेद भएको वा आफ्नो पति, पत्नी गुमाएको सन्दर्भमा पनि लागु)
  • विदेशी नागरिकले आफ्नो पति वा पत्नीका कोरियन बुवा आमा वा हजुरबुवा, हजुरआमासँग बसोबास गरेको खण्ड बाहेक अन्य विदेशी नागरिक आधारभूत सुरक्षा सहायताको लागि योग्य हुने छैनन्। यदि विदेशीको परिवारमा कुनै पनि कोरियन नागरिक छ भने कोरियन आधारभूत जीवनयापन सुरक्षा सहायता योग्य हुन सक्छ। यस सन्दर्भमा आय विवरणको मापदण्ड, आफुमा आश्रित व्यक्तिको मापदण्ड सारा पुरा गर्नु पर्नेछ।
  • शरणार्थी ऐनको धारा 2.2 बमोजिम न्याय मन्त्रीले शरणार्थीका रूपमा मान्यता पाएका र कोरियामा बसोबास गर्ने विदेशी नागरिकहरू
  • कोरियामा बसोबास गर्ने विदेशी नागरिकहरू र कोरियामा विदेशी नागरिकहरूको व्यवहारसम्बन्धी ऐनको धारा 14.2 अनुसार न्याय मन्त्रीद्वारा अफगानहरूलाई विशेष योगदान गरेको रूपमा मान्यता प्राप्त छ।
  1. 1घर परिवारको आय (मुल्यांकनमा परेको आय‌‌+ सम्पत्तिले थप्ने आय) ज्याला अनुसार पाउने व्यक्ति निर्णय गर्ने मापदण्ड (मध्यवर्गको आय निश्चित प्रतिशत*) तल छ।
    • (’24साल) जीविकाको लागी अनुदान32%, स्वास्थ्य उपचारको लागी अनुदान40%, घरखर्चको लागी अनुदान 48%, शिक्षाको अनुदान 50%
  2. 2आफूमा आश्रित कुनै पनि व्यक्ति नभएका (प्रत्यक्ष परिवारका सदस्य र पति वा पत्नी), आश्रित भएपनि आफ्नो जीविकोपार्जन गर्न नसक्ने यस्तो सहायता प्राप्त गर्न नसक्ने व्यक्ति
    • कमाउनेको लागि थ्रेसहोल्ड आवास र शैक्षिक लाभहरूमा लागू हुँदैन। यदि रोटी कमाउले KRW 100 मिलियन वा कुल सम्पत्ति KRW 900 मिलियन भन्दा बढी कमाउँछ भने आधारभूत जीविकोपार्जन लाभ प्रस्ताव गरिएको छैन।
पद
2024 औसत आय
रकम (KRW/ महिना)
2022 औसत आय
प्रकार 1 जनाको परिवार 2 जनाको परिवार 3 जनाको परिवार 4 जनाको परिवार 5 जनाको परिवार 6 जनाको परिवार 7 जनाको परिवार
रकम 2,228,445 3,682,609 4,714,657 5,729,913 6,695,735 7,618,369 8,514,994
  • 8 व्यक्ति वा सोभन्दा बढीको परिवारको औसत आय प्रत्येक अतिरिक्त व्यक्तिको लागि KRW 896,625 ले बढ्छ।
घरपरिवारको आकार र समर्थनको प्रकारद्वारा सहायताको लागि 2024 चयन मानक
(यूनिट: KRW/महिना)
소득 : 가구규모, 1인, 2인, 3인, 4인, 5인, 6인 및 7인을 포함한 표입니다.
घरपरिवारको आकार 1-व्यक्ति परिवार 2-व्यक्ति परिवार 3-व्यक्ति परिवार 4-व्यक्ति परिवार 5-व्यक्ति परिवार 6-व्यक्ति परिवार 7-व्यक्ति परिवार
जीविकोपार्जन समर्थनको लागि चयन मानक (32% वा कमको औसत आय थ्रेसहोल्ड) 713,102 1,178,435 1,508,690 1,833,572 2,142,635 2,437,878 2,724,798
चिकित्सा सहायताको लागि चयन मानक (40% वा कमको औसत आय थ्रेसहोल्ड) 891,378 1,473,044 1,885,863 2,291,965 2,678,294 3,047,348 3,405,998
आवास समर्थनको लागि चयन मानक (48% वा कमको औसत आय थ्रेसहोल्ड) 1,069,654 1,767,652 2,263,035 2,750,358 3,213,953 3,656,817 4,087,197
शिक्षा समर्थनको लागि चयन मानक (मीडियन आय थ्रेसहोल्ड 50% वा कम) 1,114,223 1,841,305 2,357,329 2,864,957 3,347,868 3,809,185 4,257,497

02अनुदानको किसिम

(1)जीवनयापन अनुदान

  • विवरण : लुगाफाटा, खाना तथा इन्धनको निम्ति दिइने आर्थिक सहयोग, दैनिक जिवनमा चाहिने रकम, सामान दिने
  • रकम = न्युनजिविकाअनुदानस्तर (आधार- मध्यवर्ग आयको 32%) बाट घरको तोकिएको आय घटाएको रकम
  • जिविका अनुदान : (सामान्य जीवनयापन खर्च) – (प्रापक योग्यता आधार) - तोकिएको आय

(2)बासस्थान अनुदान

  • विवरण : बसोबास गर्ने ठाउ, बासको किसिम, पारिवारको आकार आदिको आधरमा स्थिर बासको लागि चाहिने भाडा तथा मर्मतसम्भार खर्च उपलब्ध
  • अनुदान रकम : घर भाडामा लिएका परिवारलाई घर मालिकले लिनुपर्ने वास्तविक रकमको मापदण्ड अनुसार क्षेत्रिय रुपमा चलिआएको भाडादर परिवारको सदस्य संख्या तथा आम्दानीको स्तर अनुसार अनुदान प्रदान गरिन्छ। आफ्नै स्वामित्वमा रहेको घरमा बस्नेहरुको लागि भने घर मर्मत तथा समभार गर्न आवश्यकता अनुसारको सहयोग रकम उपलब्ध गराइन्छ।
सन्दर्भ
घर भाडामा लिने न्यूनतम स्तर मापदण्ड (2024 को रूपमा)
(यूनिट: KRW 10,000)
घर भाडामा लिने न्यूनतम स्तर मापदण्ड (2021 को रूपमा)
वस्तु प्रथम श्रेणी क्षेत्र
(सियोल)
दोस्रो श्रेणी क्षेत्र
(Gyeonggi, Incheon)
तेस्रो श्रेणी क्षेत्र
(महानगरीय क्षेत्र बाहेकका विशेष सहर, सेजोङ, महानगरीय क्षेत्र)
चौथो श्रेणी क्षेत्र
(अन्य क्षेत्रहरु)
1-व्यक्ति परिवार 34.1 26.8 21.6 17.8
2-व्यक्ति परिवार 38.2 30.0 24.0 20.1
3-व्यक्ति परिवार 45.5 35.8 28.7 23.9
4-व्यक्ति परिवार 52.7 41.4 33.3 27.8
5-व्यक्ति परिवार 54.5 42.8 34.4 28.7
6-व्यक्ति परिवार 64.6 50.7 40.6 34.0
  • 7 जना सदस्य भएको घरको मासिक भाडा ६ सदस्य भएको घरको सामान्य भाडा बराबर हो। 8 वा 9 सदस्य भएको घरको लागि, 6 सदस्य भएको घरको लागि मानक भाडाबाट 10% वृद्धि लागू गरिनेछ। (10 भन्दा बढी सदस्य भएको घरपरिवारमा पनि यही नियम लागू हुन्छ: प्रत्येक दुई सदस्यले अघिल्लो वर्गको घरपरिवारको भन्दा मासिक भाडामा 10% वृद्धि हुन्छ)
आफ्नै घर भएको परिवारको न्यूनतम थ्रेसहोल्ड: भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको मामिला
घरको स्वामित्व पाउने परिवारहरुको न्यूनतम मानक
वस्तु सानो मर्मत मध्य मर्मत प्रमुख मर्मत
मर्मत लागत (सायकल) KRW 4.57 मिलियन (3 वर्ष) KRW 8.49 मिलियन (5 वर्ष) KRW 12.41 मिलियन (7 वर्ष)
  • यदि रिपोर्ट गरिएको आय जीविका ज्याला को स्तर भन्दा कम छ, मर्मत लागत को 100% समर्थित छ। यदि रिपोर्ट गरिएको आय मानक औसत आय को 35% भन्दा कम छ, मरम्मत लागत को 90% समर्थित छ। यदि रिपोर्ट गरिएको आय 35% भन्दा बढि छ तर मानक औसत आय को 45% भन्दा कम छ, मर्मत लागत को 60% समर्थित छ।

(3)शिक्षा सहयोग: शिक्षा मन्त्रालय अन्तर्गतको मामिला

विवरण :
भर्नाशुल्क, शिक्षणशुल्क, पाठ्यपुस्तककोखर्च, शैक्षिक सामाग्री तथा स्टेसनरी खर्च
विवरण
2024
सहायक वस्तु सहायता रकम र उपयोग
शैक्षिक गतिविधि सहायता प्राथमिक विद्यालयका विद्यार्थीहरु KRW 461,000 विद्यार्थी द्वारा शैक्षिक माग अनुसार स्वायत्त खर्च
माध्यमिक विद्यालयका विद्यार्थीहरु KRW 654,000
हाई स्कूलका विद्यार्थीहरु KRW 727,000
पाठ्यपुस्तक लागत हाई स्कूलका विद्यार्थीहरु सबै पाठ्यपुस्तक लागत एक स्कूल वर्ष को नियमित शैक्षिक पाठ्यक्रम द्वारा आयोजित
हाई स्कूलका विद्यार्थीहरु हाई स्कूलका विद्यार्थीहरु वर्ष र क्षेत्र द्वारा प्रिन्सिपल द्वारा अधिसूचित कुल रकम

(4)सुत्केरी अनुदान

  • सहायता प्राप्त गरिरहेको व्यक्तिको बच्चा जन्मदा (बच्चा जन्मनेवाला भएमा समेत) 1बच्चाको 700,000वन (जुमल्याहा जन्मेमा 1,400छन वन प्रदान) नगद प्राप्त गर्नेछन्।

(5)काजकिरिया अनुदान

  • सहायता प्राप्त गर्नेको मृत्यु भएमा प्रति व्यक्ति 800,000 वन दिने

03आवेदन दिने तरीका

  • ‌राष्ट्रिय आधारभुत जीवनयापन सुरक्षाको निम्ति आवेदन दिन यउप, म्यन अथवा दोङको कार्यालयमा जानुहोस् र सामाजिक कल्याण सेवा र अनुदान दिने आवेदन भरेर दिनुहोस्।
  • ‌आवेदन दिएपछि सरकारी कर्मचारीले तपाईंको योग्यताको मुल्यांकन गर्नेछन
  • ‌तपाईंको योग्यताको बारेमा 30 दिन भित्र सूचित गरिने छ, ढीलोमा पनि 60 दिन भित्र सूचित गरिन्छ।
  • आवेदन दिने तरीका
जानीराखौ !
स्वास्थ्य कल्याण परामर्श कल सेन्टर 129 (www.129.go.kr)
  • तपाईं वा तपाईंको परिवारलाई स्वास्थ्य कल्याण सेवाको परामर्श वा जानकारी चाहिएमा, नहिचकिचाई 129 मा कल गर्नुहोस्
  • ‌परामर्श विषय : आयको सुरक्षा, जीवनयापन खर्च र सामाजिक कल्याण, निरोगी जिवनको बारेमा परामर्श
  • परामर्श समय : 9:00 बिहान - 06:00 बेलुका हप्तादिनमा, आकस्मिक सेवा परामर्श 365दिन 24घण्टा खुला
यो काम शर्त “KOGL (कोरिया ओपन सरकार लाइसेन्स) टाइप 4 : स्रोत संकेत + वाणिज्यिक उपयोग को निषेध + परिवर्तन को निषेध को अनुसार प्रयोग गर्न सकिन्छ”